२५ जेठ २०८३, सोमबार

अमेरिकामा पछिल्लो २४ घण्टामा एक लाख ४७ हजार सङ्क्रमित, एक हजार ५७९ जनाको मृत्यु

भदौ २५, २०७८
अमेरिकामा पछिल्लो २४ घण्टामा एक लाख ४७ हजार सङ्क्रमित, एक हजार ५७९ जनाको मृत्यु

संयुक्त राज्य अमेरिकामा पछिल्लो २४ घण्टामा एक लाख ४७ हजार ८१६ जना कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । कोभिडका कारण यो अवधिमा एक हजार ५७९ जनाको मृत्यु भएको छ ।

न्यूयोर्क टाइम्सका अनुसार अमेरिकामा सङ्क्रमित सङ्ख्यामा औसतमा दैनिक पाँच प्रतिशत कमी आएको छ । अमेरिकामा हाल सम्म कूल छ लाख ५६ हजार ४ सय ४७ जनाको निधन भएको छ भने दुई हप्तामा औसतमा २८ प्रतिशतले मृत्यु घटेको बढेको छ ।

सेप्टेम्बर ९ को तथ्याङ्क अनुसार एक लाख ६१० जना कोरोना संक्रमितहरू अस्पतालमा भर्ना भएका छन् । अस्पताल भर्ना हुने दरमा एक प्रतिशतले वृद्धि भएको छ भने हालसम्म कोरोना सङ्क्रमित हुनेको कूल सङ्ख्या चार करोड सात लाख ३८ हजार २९ पुगेको छ ।

देशभर एक दिनमा १६ लाख १२ हजार २५२ जनाले कोरोना जाँच गराएका थिए भने जाँच गराउने सङ्ख्या दरमा १७ प्रतिशतको वृद्धि भएको छ ।अमेरिकामा कूल जनसङ्ख्यामा पूर्ण खोप लगाउनेको सङ्ख्या ५३.४ प्रतिशत पुगेको छ भने एक मात्रा खोप लगाउनेको सङ्ख्या ६२.७ प्रतिशत पुगेको छ ।

यहाँ किशोर तथा वयस्क अर्थात् १८ बर्ष भन्दा माथिको समूहमध्ये कम्तीमा पनि एक मात्रा खोप लगाउनेको सङ्ख्या ७५.३ प्रतिशत छ । यहाँ दुवै खोप अर्थात् पूर्ण खोप ६४.५ प्रतिशतले लगाई सकिएको छ ।

अमेरिकामा हाल सम्म तीन करोड १७ लाख ४४ हजार ९५९ जना कोरोनामुक्त भएका छन् । अमेरिकामा ६५ बर्षभन्दा माथिको उमेरकालाई कम्तीमा एक मात्रा खोप ९२.६ प्रतिशत र पूर्ण खोप ८२.२ प्रतिशत दिइएको सिडिसीले जनाएको छ ।

अमेरिकामा हालसम्म ४५ करोड २७ लाख ८१ हजार १ सय ९५ खुराक खोप आपूर्ति गरि सकिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्