×

NMB BANK
NIC ASIA

घरमै पनिर कसरी बनाउने भन्ने सवाल धेरैका हुन्छन् । पनिर बनाउन खासै गाह्रो पनि छैन र धेरै सामग्रीको आवश्यकता पनि पर्दैन । 

Muktinath Bank

पनिर दूधबाट बनाइने एक शुद्ध शाकाहारी परिकार हो । पनिर बनाउन भैसीको पानी नमिसाएको शुद्ध बाक्लो दूध भयो भने उत्तम हुन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लगभग ५ प्रतिशतभन्दा माथि फ्याट भएको दूध पनिर बनाउन उत्तम मानिन्छ । पनिरबाट सयौं विभिन्न परिकार बनाउन सकिन्छ । पनिरका परिकारहरू विश्वभरका होटल रेस्टुरेन्टमा सहज पाइन्छ र पछिल्लो समय घरायसी प्रयोजनमा पनि व्यापक उपयोग हुन थालेको छ । माछामासु नखानेका लागि पनिर उत्तम विकल्प मानिन्छ ।


Advertisment
Nabil box
Kumari

पनिर बनाउन चाहिने सामग्रीः

Vianet communication
Laxmi Bank

धेरै फ्याट भएको बाक्लो दूध २ लिटर, कागतीको रस या भिनेगर १५ एमएल, पातलो सुतिको कपडा १ मिटर

पनिर बनाउने विधिः

सर्वप्रथम दूधलाई बाक्लो कराइ या डेक्चिमा उमाल्ने र एकछिन हल्का चिसो हुन दिने । केही चिसो हुनासाथ कागतीको रस या भिनेगर हालेर छाडिदिने । २ या ३ मिनेटपछि बिस्तारै चलाउने र दूध फाटेर चोक्टा पानी छुट्टिँदै जान्छ ।

यसरी फाटेको दूधलाई पातलो कपडामा छान्ने र पानीको मात्रा सबै छुट्याउने । यसरी तयार भएको छेक्रालाई छेना भनिन्छ र यो धेरै इन्डियन मिठाइ बनाउन पनि प्रयोग गरिन्छ ।

तयार भएको छेनालाई कपडाले बाँधेर बराबर लेबल मिलाएर माथिबाट केही गहकिलो वस्तुले थिचेर १ रात फ्रिजमा चिस्याउने । भोलिपल्ट पनिर सेट भएर तयार हुन्छ ।

यसरी कडक भएर सेट भएको पनिरलाई ब्लक–ब्लकमा काटेर पानीमा भिजाएर स्टोर गर्न सकिन्छ र लामो समयसम्म प्रयोग गर्न मिल्छ । पनिर तयार भएपछि यसबाट यावत परिकारहरू पनि घरमै बनाउन सकिन्छ ।

पनिरबाट के–के परिकार बन्छ ?

माथि भनिएजस्तै पनिरबाट सयौं परिकार तयार गर्न सकिन्छ । जस्तो कि पनिर टिक्का, जाफरनी पनिर, पनिर बटर मसला, मटर पनिर, कडाइ पनिर, कुर्चन पनिर, पनिर लबाबदार, पनिर करी, पनिर भुजुरी, पनिर टिक्की, पनिर नान, पनिर पराठा, पनिर काठी रोल, पनिर जाल्फ्रेजी, तिरङ्गा पनिर, अचारी पनिर, तावा पनिर, पनिर चिल्ली, पालक पनिर, दम पनिर, पनिर बिर्यानी, शाही पनिर, मुग्लाई पनिर, पनिर कोफ्टा, पनिर पकोडा, पनिर कोर्मा, मेथि पनिर, अम्रितसरी पनिर, नवाबी पनिर, पनिर पसन्द, कोल्हापुरी पनिर, कास्मिरी पनिर आदि प्रसिद्ध छन् । जुन परिकारहरू व्यावसायिक रूपमा विश्वभर चलेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x