१८ असार २०८३, बिहीबार

शशांक कोइरालाले भने- सभापतिको दौडबाट पछि हट्दिनँ

भदौ २६, २०७८
शशांक कोइरालाले भने- सभापतिको दौडबाट पछि हट्दिनँ

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आफू सभापतिको पदबाट पछि नहट्ने बताएका छन् । 

शनिवार चितवनका पत्रकारहरूसँग कुराकानी गर्दै उनले पार्टीको १४औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार रहने बताएका हुन् । 

महामन्त्री कोइरालाले पार्टीको महाधिवेशनमा संस्थापन इतरको साझा उम्मेदवार समय आएपछि बन्ने भन्दै आफू सभापतिको उम्मेदवारबाट पछि नहटेको बताए । 

उनले जिल्लाहरूमा कांग्रेसको अधिवेशन चलिरहेको समयमा कार्यतालिका संशोधन गर्नु बाध्यता रहेको उल्लेख गर्दै क्रियाशील सदस्यता विवाद अझै २१–२२ जिल्लामा कायमै रहेको र यो विवाद मिलाउनका लागि कार्यतालिका संशोधन गरिएको जानकारी दिए । क्रियाशील सदस्यको अन्तिम टुंगो छिट्टै लाग्ने उनको भनाइ छ । 

एक फरक प्रसंगमा महामन्त्री कोइरालाले कम्युनिष्ट उच्छृङ्खल चरित्रका हुन्छन् भन्ने उदाहारण हिजो संसद्मा भएको घटनाले पुष्टि गरेको बताए । विपक्षीको धर्म विरोध गर्ने भए पनि हिजोको घटनाले संसद्को गरिमामाथि आँच आउने काम भएको बताउँदै उनले भने, 'उच्छृङ्खल चरित्रले कम्युनिष्ट पार्टीहरू चलिरहेका छन् ।'

salt training

कमेन्ट गर्नुहोस्