०५ साउन २०८३, मंगलबार

कोभिड-१९ : थप ९९४ जनामा संक्रमण, १२ जनाको मृत्यु

कोभिड-१९ : थप ९९४ जनामा संक्रमण, १२ जनाको मृत्यु

पछिल्लो २४ घन्टामा ९९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ८४० नमूना परीक्षणमध्ये ७७७ पीसीआर र २१७ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । 

यससँगै नेपालमा हालसम्म ८ लाख ६२ हजार ९४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

यस्तै पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या १० हजार ९३६ पुगेको छ । 

मन्त्रालयका अनुसार थप एक हजार ३६८ जना संक्रमणमुक्त भएका छन् । 

यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ७ लाख ३८ हजार ३४ पुगेको छ । 

हाल मुलुकभर २७ हजार ३५५ सक्रिय संक्रमित छन् ।

salt training

कमेन्ट गर्नुहोस्