
नेकपा (एकीकृत समाजवादी)को पाल्पा जिल्ला अध्यक्षमा खीमानन्द पाण्डे (कमल) चयन भएका छन् । शनिवार भएको जिल्ला भेलाले उपाध्यक्षमा रमा घर्ती, सचिवमा मोहनलाल गैरे, उपसचिवमा कमल सेन चयन गरेको हो ।
त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा भएको जिल्ला भेलाले पाण्डेको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटी विस्तार गरेको छ ।
यस्तै लेखनाथ पोखरेलको संयोजकत्वमा ७ सदस्यीय सल्लाहाकार समितिसमेत बनाइएको छ । सल्लाहाकार समिति सदस्यहरूमा पदमप्रसाद अर्याल, चन्द्रकान्त पोखरेल, वसन्त श्रेष्ठ, विष्णुप्रसाद खनाल, कर्णबहादुर सुनार र पिताम्बर कँडेल रहेका छन् ।
जिल्ला कमिटीको पहिलो बैठकले ७५ सदस्यीय जिल्ला कमिटीलाई विस्तार गरेर १२५ सदस्य बनाउने निर्णयसमेत गरेको पार्टी सचिव मोहनलाल गैरेले बताए ।
भेलालाई नेकपा (एस)का नेता सोमप्रसाद पाण्डेले सम्बोधन गरेका थिए । भेला नेकपा (एस)का केन्द्रीय सदस्य राजेन्द्र लक्ष्मी गैरेको अध्यक्षतामा भएको थियो ।