०८ साउन २०८३, शुक्रबार

एमालेको विधान अधिवेशनमा को-को भाग लिन पाउँछन् ? (सूचीसहित)

एमालेको विधान अधिवेशनमा को-को भाग लिन पाउँछन् ? (सूचीसहित)

एमालेले असोजको १५, १६ र १७ गते काठमाडौंमा आयोजना गर्न लागेको विधान अधिवेशनमा सहभागी हुने प्रतिनिधिको टुंगो लगाएको छ । 

विधान अधिवेशनमा करीब तीन हजार प्रतिनिधिलाई सहभागी गराउने गरी स्थायी कमिटीको बैठकले प्रतिनिधित्वको क्षेत्र टुंगो लगाएको हो । 

एमालेको राष्ट्रिय प्रतिनिधि परिषदका सदस्यहरू नै विधान अधिवेशनको प्रतिनिधि हुने व्यवस्था थियो । तर, अहिलेसम्म राष्ट्रिय प्रतिनिधि परिषद् नबनेको हुँदा विधानको बाधा अड्काउ फुकाउको व्यवस्थाबाट विधान अधिवेशनको प्रतिनिधि टुंगो लगाउन लागिएको एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । 

शनिवार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको एमाले स्थायी समिति बैठकले विधान अधिवेशनमा प्रतिनिधित्वको क्षेत्र टुंगो लगाएको हो । उक्त प्रस्तावलाई केन्द्रीय कमिटीबाट अनुमोदन गरी बाधा अड्काउ फुकाउने निर्णय स्थायी कमिटीमा भएको भट्टराईले जानकारी दिए । 

एमालेको नवौँ महाधिवेशनपछि राष्ट्रिय प्रतिनिधि परिषद् नबन्दै एमाले र माओवादी केन्द्र एकीकरणपछि नेकपा बनेको थियो । २०७७ फागुन २३ को सर्वोच्च अदालतको फैसलापछि पुनः साविकको पार्टीमा फर्किएको एमाले विधान अधिवेशनमा सहभागी हुने प्रतिनिधिको लागि विधानका भएको बाधा अड्काउ फुकाउको व्यवस्थामार्फत् विधान अधिवेशनको प्रतिनिधि तय गर्न लागेको हो । 

विधान अधिवेशनमा को-को हुन पाउँछन् प्रतिनिधि ?

  • केन्द्रीय कमिटीका पदाधिकारी र सदस्य
  • अनुशासन आयोगका पदाधिकारी र सदस्य
  • लेखा परीक्षण आयोगका पदाधिकारी र सदस्य
  • निर्वाचन आयोगका पदाधिकारी र सदस्य
  • केन्द्रीय विभागका सचिवसहित १५ सदस्य
  • सल्लाहकार परिषद्का पदाधिकारी र सदस्य
  • ज्येष्ठ कम्युनिस्ट मञ्चका पदाधिकारी र सदस्य
  • प्रदेश र सो सरहका कमिटीका पदाधिकारी र सदस्य
  • विशेष कमिटीका पदाधिकारी र सदस्य
  • जिल्ला कमिटीका पदाधिकारी र सदस्य
  • निर्वाचन क्षेत्रबाट महिला, दलित खुला एक सदस्य
  • प्रत्येक जनसंगठनका पदाधिकारीमध्येबाट १० जना
  • पार्टी सदस्य रहेका संघीय संसदका सदस्य
  • पार्टी सदस्य रहेका प्रदेशसभा सदस्य
  • एमालेबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख
  • एमालेबाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुख
  • विभिन्न ठाउँबाट छुटेका १० प्रतिशत मनोनीत
     

salt training

कमेन्ट गर्नुहोस्