०४ असार २०८३, बिहीबार

छापामार शैलीमा बजेट प्रतिस्थापन विधेयक आयो, संसद अवरोध जारी राख्छौँ : एमाले

भदौ २७, २०७८
छापामार शैलीमा बजेट प्रतिस्थापन विधेयक आयो, संसद अवरोध जारी राख्छौँ : एमाले

सरकारले छापामार शैलीमा बजेट प्रतिस्थापन गर्ने विधेयक संसद्मा पेस गरेको भन्दै एमालेले आपत्ति जनाएको छ।

पार्टीले कारबाही गरेका १४ सांसदलाई कारबाही नगरेर सभामुख अग्नि सापकोटाले पार्टी फुटाउन भूमिका खेलेको भन्दै एमालेले संसद् अवरोध गरिरहेको छ। 

एमालेको अवरोधबीच शुक्रबार संसद्मा बजेट प्रतिस्थापन विधेयक पेस भएको थियो। ‘संसदीय मूल्य मान्यताविपरीतका काम भएका छन्, प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने, ‘संसद्मा हाम्रो पार्टीको विरोध जारी रहन्छ।’ 

संसदीय प्रक्रिया पूरा नगरी छापामार शैलीमा बजेट प्रतिस्थापन विधेयक ल्याइएको भन्दै एमाले आफ्नो सरकारका लोकप्रिय कार्यक्रम कटौती गरेको आरोप लगाएको छ। संसद्मा पार्टीको भूमिकाबारे छलफल गर्न आइतबार संसदीय दलको बैठक बोलाइएको भट्टराईले जनाए। अन्नपूर्ण पोस्टमा तारा चापागाईँले खबर लेखेकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्