साउन १७, २०७९
कोरोना सङ्क्रमणका कारण विगत दुई वर्ष औपचारिकतामा मात्रै सीमित भएको गाईजात्रा पर्व यस वर्ष भक्तपुरमा भव्यरूपमा मनाइने भएको छ । यही साउन २७ गते शुक्रबार पर्ने गाईजात्रा पर्व भव्यरूपमा मनाउन भक्तपुर नगरपालि...
धनगढी | भदौ २८, २०७८
कैलालीको कैलारी गाउँपालिका–६ बेनौलीका ठागुराम डंगौरा (६३) विगतलाई निरन्तरता दिँदै खानेकुराको कोशेली बोकेर आफ्नी बहिनी कहाँ गए ।
पुस्तौं–पुस्तादेखि चल्दै आएको संस्कार अनुसार डंगौराले अघिल्लो दिन दिदीबहिनीको दीघार्यू तथा सु–स्वास्थ्यको कामना गर्दै निराहार व्रत बसेका थिए । त्यसको भोलिपल्ट भदौ २८ गते खानेकुराको कोशेली स्वरूप अग्रासन दिन पुगेका छन् ।
बेनौलीका अर्का स्थानीय फागुराम डंगौरा (४७) पनि आफ्नी बहिनीलाई अग्रासन दिन गए । दिदीबहिनीहरू अग्रसनको आशामा बसेका हुने बताउने फागुरामले पुस्तौंदेखि चल्दै आएको रीतिअनुसार अग्रासन दिन जान लागेको बताए ।
पश्चिम नेपालको कञ्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङ जिल्लामा बसोबास गर्ने थारु समुदायले भदौ २७ गते आइतवार र २८ गते सोमवार अट्वारी पर्व मनाएका छन् । पर्वअन्तर्गत दाजुभाइले आफ्ना दिदीबहिनीलाई कोशेली दिन जाने प्रचलन थारु समुदायमा रहिआएको छ ।
विवाहित चेलीबेटीहरू माइती घरको अग्रासनको पर्खाइमा बसेका हुन्छन् । भनिन्छ, विवाहित चेलीहरू माइती घरबाट दाजुभाइले दिन जाने अग्रासनले नै आफ्नो भोक मेट्ने गर्छन् । विभिन्न परिकारको पोकोसहित अग्रासन दिन जाने दाजुभाइलाई विवाहित चेलीहरूले मानसम्मान गर्ने चलन थारु समुदायमा रहेको बताउँछिन् कञ्चनपुरकी लक्ष्मी चौधरी ।
थारु समुदायमा अट्वारी पर्वलाई नारी सम्मान र भाइचाराको प्रतीकको रूपमा लिने गरिएको बताउँदै उनले पुरुषहरू महिलाको दीघायूको कामना गर्दै व्रत बस्ने गरेको सुनाइन् ।
अग्रासनको पोकोमा अण्डिक चामलको रोटी, खरिया, फुलौरी, खुर्मा, भात, माछाको पक्ली (सिद्रा) परिकारसहित विभिन्न तरकारी र फलफूल रहेको हुन्छ । धार्मिक, सांस्कृतिक, ऐतिहासिक महत्त्व बोकेको अट्वारी पर्व धुमधामसँग मनाइएको छ ।
सुदूरपश्चिम प्रदेश सरकार र लुम्बिनी प्रदेश सरकारले आइतवार तराईका जिल्लामा सार्वजनिक बिदा समेत दिएको थियो ।
अट्वारी पर्व थारु समुदायको मौलिक पर्व हो । अट्वारी पर्वमा थारु जातिले महाभारतका प्रमुख पात्र ५ पाण्डवमध्येका माइला भाइ भीमको श्रद्धापूर्वक पूजाआजा गर्दछन् । ‘भेवा’को नामले थारु जातिले पुकारेर थारु समुदायमा पूजा गरिन्छ ।
ऐतिहासिक पक्ष
कुनै बेला भेवा (भीम) घुम्दै जाँदा तराई (थारु बसोबास गरेको ठाउँ) मा पुगेको किंवदन्ती रहेको छ । सो किंवदन्ती अनुसार तराई क्षेत्रमा एउटा राक्षसले उत्पात मचाउने, दुःख दिने, चेलीहरूमाथि जबरजस्ती गर्ने कुकर्मलाई तीव्रता दिएको थियो । ती सबै समस्याबाट भीमले मुक्त गरेको हुँदा उनको सम्झनामा अट्वारी पर्व मनाउने प्रचलन थारु समुदायमा रहिआएको छ ।
अर्को किंवदन्ती अनुसार एक समयमा द्रोपतिसहित ५ पाण्डवहरू सुर्खेतको काक्रेबिहार घुम्न पुगेका थिए । थारू राजा दंगीशरण र ५ पाण्डवबीच निकै घनिष्टता बढेको थियो । एक समय भीमले रोटी पकाइरहँदा राजा दंगीशरणको राज्यमाथि शत्रुले आक्रमण गरे । बलवान र पराक्रमी भीमले तावामा रोटी हालेर सहयोग गर्न जाँदा गाउँभरका मानिसहरूले तावामा हालेको उनको रोटी पल्टाउने प्रयास गरे तर सकेन । अन्ततः भीमले राजा दंगीशरणलाई सहयोगपश्चात फर्केपछि मात्रै तावाको रोटी झिकेको भनाइ छ । उक्त सहयोग गरेको दिन आइतवार परेकाले पनि अट्वारी पर्व आइतवार मनाउने प्रचलन कायम भएको थारु बुढापाकाहरू बताउँछन् ।
मनाउने विधि र अग्रासनको महत्त्व
सामान्यतया अट्वारी पर्व कृष्ण जन्माष्टमी पर्वपछिको दोस्रो आइतवार पर्दछ । आइतवारभन्दा अघिल्लो राति (शनिवार) दर खाने र आइतवार आधा दिनसम्म व्रत बस्ने गरिन्छ । व्रत बसेको दिन पूजा सकेर फलफूल मात्रै भोग गरिन्छ तर सूर्यास्तपछि खानपान पूरै बन्द गर्नुपर्ने हुन्छ । त्यसपछि सोमवार बिहानै पूजापाठ अर्थात ‘फरहार’ गरिन्छ । बनाइएका विभिन्न परिकारलाई २ भागमा छुट्टाछुट्टै छुट्याइन्छ । छुट्याएको भाग चेलीबेटीलाई अग्रासन (कोशेली) स्वरूप दिनका लागि राखिन्छ भने १ भाग व्रतालुले भोग गर्नुपर्छ, जसलाई फरहार भन्ने गरिन्छ ।
विधिपूर्वक सोमवार बिहानै पनि पूजापाठ गरेपछि फरहार गरेर भोजन ग्रहणपश्चात अग्रासन दिन जाने प्रचलन रहेको छ ।
पर्वमा अन्डी धानको चामलबाट रोटी, खुर्मा, फुलौरी, बरियालगायत परिकार अनिवार्य बनाइने र सगुनकै रूपमा प्रयोग गर्ने प्रचलन थारु समुदायमा रहिआएको छ ।
कोरोना सङ्क्रमणका कारण विगत दुई वर्ष औपचारिकतामा मात्रै सीमित भएको गाईजात्रा पर्व यस वर्ष भक्तपुरमा भव्यरूपमा मनाइने भएको छ । यही साउन २७ गते शुक्रबार पर्ने गाईजात्रा पर्व भव्यरूपमा मनाउन भक्तपुर नगरपालि...
म्याग्दी सदरमुकाम बेनीमा २५० वर्षदेखि एउटै मखौटोमा लाखे नाच प्रदर्शन गरिँदै आएको छ । मंगलवार नागपञ्चमीको दिनदेखि बेनीमा सो मखौटो लगाएर लाखे नाच देखाउन थालिएको छ । करीब ३०० वर्ष अघि भक्तपुरबाट न...
मध्यपुरथिमि नगरपालिकामा यस वर्षको गुन्हुँपुन्ही (जनैपूर्णिमा) साउन २६ गते बिहीवार र सापारु (गाईजात्रा) साउन २७ गते शुक्रवार मनाइने भएको छ । नगरपालिकाले सोमवार सरोकारवालाहरूसँग छलफल गरी साउन २६ गते जनैप...
प्रत्येक वर्ष श्रावण शुक्ल सप्तमीका दिन मनाइने कल्की जयन्ती आज मनाइँदै छ । कल्की भगवान् विष्णुको दशौँ अवतार मानिन्छ । वैदिक सनातन धर्म अनुसार यो भविष्यमा हुने अवतार मानिन्छ । कल्की अवतार कलियुगको अन्तिम अव...
सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लास्थित बडीमालिका भगवती मन्दिरमा पूजाआजा गर्नका लागि जुम्लाको सरकारी टोली बाजुरा प्रस्थान गरेको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाका नायब सुब्बा एकराज गिरीको नेतृत्व तथा पुजारी विष्...
ललितपुर महानगरपालिका–२४ स्थित धापाखेल नागपोखरीमा नागपञ्चमी मेला लागेको छ । हरेक वर्ष श्रावण शुक्लपक्ष पञ्चमी तिथिका दिन सो स्थानमा मेला लाग्ने गर्दछ । नागदह संरक्षण समितिका अध्यक्ष सलामसिंह मोक्ता...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...
राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...