२४ असार २०८३, बुधबार

लिटमस केबलको ब्राण्ड एम्बेसडर बने राजेश हमाल दम्पत्ती

लिटमस केबलको ब्राण्ड एम्बेसडर बने राजेश हमाल दम्पत्ती

महानायक राजेश हमाल र उनकी पत्नी मधु हमाल लिट्मस केवल ब्राण्डको एम्बेसडर बनेका छन् ।

लुम्बिनी विद्युत उद्योग प्रा.लि अन्तर्गत लिट्मस केवल ब्राण्डको प्रवद्र्धन एवम् विस्तार गर्न कम्पनीले हमाल दम्पतीलाई ब्राण्ड एम्बासडर बनाएका हुन् । 

उनीहरूलाई २ वर्षको लागि नियुक्त गरिएको कम्पनीले जनाएको छ ।  

लुम्बिनी विद्युतउद्योग प्रा.लि सन् १९७७ मा स्थापित नेपालको पहिलो आल्मुनियम कन्डक्टर स्टिल रेइनफोस्ड् (एसीएसआर)  कन्डक्टर निर्माण कम्पनी हो ।

‘कम्पनीले निरन्तर गुणस्तरीय उत्पादनमा केन्दि«त भई क्वलिटिमा नम्बर १ रहनको लागि हाल एडभान्स जर्मन प्रविधियुक्त मेसिनहरुको प्रयोग समेत गर्दै आइरहेको र नेपालको सबैभन्दा ठूलो केबल निर्माताकम्पनीबन्न सफल भएको छ’ कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक रोहित गुप्ताले भने ।
 

salt training

कमेन्ट गर्नुहोस्