×

NMB BANK
NIC ASIA

खुलामञ्चबाट विप्लवको चेतावनी- जबर्जस्ती एमसीसी लागू गर्न खोजे अहिलेको झिल्को राँको बन्ने छ

भदौ २८, २०७८

NTC
Premier Steels

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले अमेरिकी आर्थिक सहयोग कार्यक्रम एमसीसी जबर्जस्ती नेपालीको टाउकोमा थोपार्न खोजे विद्रोह हुने चेतावनी दिएका छन् । 

Muktinath Bank

जुनसुकै मूल्य चुकाएर भए पनि नेपाली जनताको टाउकोमा एमसीसी थोपर्न नदिने उनले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अमेरिकी आर्थिक सहयोग एमसीसी खारेजीको माग गर्दै सोमवार काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै विप्लवले एमसीसी राष्ट्रिय स्वाधीनताको विरुद्धमा रहेकोले लागू गर्न नदिने बताएका हुन् । 


Advertisment
Nabil box
Kumari

‘एमसीसी सम्झौता जबर्जस्त लादिँदै छ, हामीले प्रतिबन्धको समयमा पनि यसको विरोध गरेका थियौं । एमसीसी राष्ट्रिय स्वाधीनताको विरुद्धमा छ । कुनै पनि हालतमा एमसीसी लागू गर्न दिँदैनौँ,’ विप्लवले भने ।  

Vianet communication

आफूहरू अहिलेको संविधानमा सहमति नभए पनि एमसीसी बुर्जुवा संविधान भन्दा माथि हुन्छ भन्नु आपत्तिपूर्ण रहेको बताए । 

‘एमसीसीविरुद्ध आज काठमाडौंमा उत्रिएको विरोध झिल्को हो । एमसीसीलाई जबर्जस्ती नेपालीको टाउकोमा थोपर्न खोजियो भने यो झिल्को राँको बन्छ, राँको,’ विप्लवले भने । 

विप्लवले एमसीसीविरुद्ध सबै पार्टीका इमान्दार कार्यकर्ता एकजुट हुनुपर्ने बताए । ‘अमेरिकाले दिएको ५० करोड डलरले नेपालमा कायापलट हुनछ ? एमसीसीबारे हामीले नबुझेको होइन, जनताले नबुझेको होइन मात्र डलरले आँखा बन्द भएको हो,’ विप्लवले भने, ‘आजैको दिनबाट साम्राज्यवादीको घेराबन्दीविरुद्ध लड्नु पर्छ । तपाईं देश रोज्नु हुन्छ कि अमेरिका ? स्वाभिमान रोज्नुहुन्छ कि पैसा ?’

विरोध सभालाई सीपी गजुरेल, ऋषि कट्टेल, सीपी मैनाली लगायतले एमसीसी खारेज नभएसम्म आन्दोलन गर्नुपर्ने बताएका थिए । एमसीसीको विरोधमा विप्लव नेतृत्वको नेकपाले काठमाडौंमा विरोध सभा आयोजना गरेको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x