×

X
Dabur
Nic Asia
Marvel

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशको इन्चार्ज लेखराज भट्ट नै हुने निर्णय सुनाएपछि उपाध्यक्ष भीम रावलको असन्तुष्टि फेरि सतहमा आएको छ ।   

IME BANK INNEWS
morang Auto yamaha

एमालेमा कहिल्यै सौहार्द सम्बन्ध र सहकार्य नभएका ओली र रावल पछिल्लो समय एकाएक नजिकिएका थिए । एमालेबाट छुट्टिएर नयाँ दल दर्ता गर्ने बेलासम्म माधवकुमार नेपाल भीम रावलले साथ दिनेमा विश्वस्त थिए तर नेपाल र रावलबीच निकै टाढाको दूरी तय भइसकेको थियो ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

एमालेमा १० बुँदे सहमति कार्यान्वयन हुने र पार्टी संरचना २०७५ जेठ २ गतेको अवस्थामा फर्काउने सहमति केपी ओलीसँग गरेर रावल एमालेमै अडिए । नेकपा एकीकृत समाजवादी दर्ता गर्न गएका नेपालले भने रावलले अन्तिम समयमा धोका दिएको अर्थमा बुझे ।

एमालेको विवाद समाधानका लागि कार्यदल बनाउन ओली र नेपाल सहमत भए । कार्यदलमा माधव नेपालको प्रतिनिधित्व रावलले गर्ने भए । २०७८ जेठ १ गते कार्यदल बन्यो तर जेठ ६ गते भएको राष्ट्रिय सभाको उपनिर्वाचनमा माधव नेपाल पक्षले खिललाल देवकोटाको पक्षमा मतदान गरेर एमालेको ओली पक्षले उठाएको उम्मेदवार रामबहादुर थापालाई हराएपछि कार्यदल निष्क्रिय भयो । 

Vianet communication
Maruti inside

असार २० गतेमा माधव नेपालकै सहमति लिएर रावल तत्कालीन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीलाई भेट्न बालुवाटार गए । ओली र रावलबीच करीब २ घण्टा छलफल भयो । त्यही छलफलले कार्यदललाई पुनः सक्रिय बनायो । त्यही छलफल रावलले नेपाल क्याम्प छाड्ने प्रस्थानविन्दु पनि बन्यो । त्यहाँबाट शुरू भएको ओली–रावल सम्बन्ध पुनः टकरावमा पुगेको छ ।

ओलीले सुदूरपश्चिम प्रदेशको इन्चार्ज नदिने बताएपछि रावलले आफूलाई अन्याय भएको भनेर प्रतिवाद गरेको बालकोट बैठकमा सहभागी नेताहरू बताउँछन् । 

असार २८ गते सर्वोच्च अदालतको फैसला आउनु अघिल्लो रात रावलकै पहलमा एमालेको विवाद समाधानका लागि कार्यदलले १० बुँदे सहमति गर्‍यो । सहमतिको उद्देश्य अदालतको फैसला प्रभावित पार्ने रहे पनि हासिल हुन सकेन । माधव नेपालले सहमति स्वीकार गरेनन् । अन्ततः एमाले विभाजन भयो ।

रावलले विभाजनमा साथ दिएनन् । रावलको यू–टर्नलाई एमाले र एकीकृत समाजवादीका नेताहरू रहस्यमय मान्छन् । 

ओली–रावल द्वन्द्वको शृंखला

राष्ट्रवादी अडान र प्रखर अभिव्यक्ति क्षमता भीम रावलका विशेषता हुन् । आफूलाई लागेको कुरा निडरताका साथ प्रस्ट राख्ने उनको स्वभाव छ । एमालेमा ओलीको कार्यशैलीलाई लिएर सबैभन्दा बढी विरोध गर्नेमा रावल नै अगाडि छन् । एमाले र माओवादी मिलेर नेकपा बन्दा त्यसबेलाका २ अध्यक्ष केपी ओली र प्रचण्डको पनि उनले चर्को आलोचना गर्थें । 

२०७२ सालमा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा पनि रावलले ओलीको चर्को आलोचना गर्ने गरेका थिए । दोस्रो कार्यकालमा पनि रावलले ओलीको आलोचना गर्न छाडेका थिएनन् । केपी ओलीले भने आफूले मन्त्री नबनाएकाले रावलले सार्वजनिक आलोचनामा उत्रिएको बताउने गरेका थिए ।

२०७६ असारमा ओली नेतृत्वको सरकारले भारतीय फिल्म अवार्ड (आईफा) काठमाडौंमा गर्न दिने निर्णय गरेको थियो । त्यसको सबैभन्दा चर्को विरोध रावलले नै गरेका थिए । संसदको अन्तर्राष्ट्रिय समितिमा उनको खरो प्रस्तुतिपछि समितिले नेपालमा अवार्ड कार्यक्रम नगर्न निर्देशन दिएको थियो । 

ओली सरकार र सीके राउत समूहबीच भएको सम्झौतामा पनि रावलले ओलीको आलोचना गरेका  थिए । सीके राउत समूहसँग सरकारको सम्झौताले २ राष्ट्रियतालाई मान्यता दिएको भन्दै उनले त्यसबेला तीव्र विरोध जनाए । 

सार्वजनिक समारोह, पार्टीका आन्तरिक गतिविधि र बैठकमा समेत रावलले कार्यशैलीको प्रश्न उठाएर ओलीलाई हैरान पार्ने गरेका थिए ।

संसद विघटनदेखि एमसीसीसम्म ओली विरोधको नेतृत्व 

केपी ओली नेतृत्वको सरकारले २०७७ पुस ५ गते संसद विघटन गरेपछि ओलीलाई सबैभन्दा धेरै गाली गर्ने नेता नै रावल भए । 

संसद विघटनपछि तत्कालीन नेकपाको एउटा खेमा ओली विरोधी गतिविधिमा सक्रिय भयो । तत्कालीन नेकपाको प्रचण्ड र माधव नेपाल समूह ओलीको विरोध र संसद पुनःस्थापनाको माग लिएर आन्दोलित थियो । ओली पक्ष पनि सडकमा आयो । दुवै पक्षले देशभर ठूला सभा र प्रदर्शन गरे । ती सभामा ओलीको चर्को आलोचना गर्नेमा रावल छुट्दैन्थे । 

रावलका यी सबै अभिव्यक्तिका जवाफ ओलीले २०७७ पुस २४ गते धनगढी पुगेर दिए । धनगढीमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले भनेका थिए, ‘अछामको एउटा केटो, म जेल बस्या बेला बाटामा हिँड्दा–हिँड्दै पुलिसले समातेर ल्याएछ । भेट्टाएर मैले राजनीतिकरण गर्‍या थिएँ । अहिले त कुराकानी सानातिना छैनन् । मान्छेभन्दा कुरा ठूला छन् । नानीभन्दा नाना ठूलो, मान्छेभन्दा कुरा ठूलो । नाम भन्नुपर्दैन, तपाईंले चिन्नुहुन्छ । यस प्रदेशको विकासको समस्या हुन्, ती मान्छे । अब त्यो समस्याको समाधान भएको छ ।’ त्यसबेला रावल फरक कित्तामा गएपछि ओलीले ‘समस्याको समाधान भएको’ अभिव्यक्ति दिएका थिए ।

त्यति मात्रै होइन, केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने काममा पनि रावलले नेतृत्वदायी काम गरेका थिए । तत्कालीन नेकपाको आन्तरिक विवाद चरम उत्कर्षमा थियो । संसदको अधिवेशन अन्त्य भएको थियो । नेकपाको प्रचण्ड–माधव पक्ष संसद अधिवेशन बोलाउने र अविश्वासको प्रस्तावमार्फत ओलीलाई सत्ताबाट हटाउने तयारीमा लाग्यो । २०७७ पुस १ गते संसद अधिवेशन बोलाउन माग गर्दै राष्ट्रपति कार्यालयमा समावेदन पेश गर्न रावल नै पुगेका थिए । उनको साथमा नेत्री पम्फा भुसाल पनि शितलनिवास गएकी थिइन् । त्यसबेला राष्ट्रपति कार्यालयले समावेदन दर्ता गर्न मानेको थिएन । 

तत्कालीन ओली नेतृत्वकै सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदमा टेबुल गरेको थियो तर रावलले नै एमसीसीको सबैभन्दा बढी विरोध गरेका थिए । उनी त्यो अडानमा अहिले पनि कायम छन् । एमसीसी सम्झौता संशोधनपछि मात्रै अनुमोदन गर्नुपर्ने भन्दै पार्टीभित्र एमसीसी विरोधी खेमाको नेतृत्व रावलले नै गरेका थिए । पछि नेकपाले बनाएको एमसीसी अध्ययन कार्यदलको सदस्य रावल पनि रहे । 

त्यति मात्रै होइन, सुदूरपश्चिम प्रदेशमा ओली खेमाको उपस्थिति कमजोर थियो । त्यहाँको पार्टी गतिविधि एकछत्र रूपमा रावलको कब्जामा थियो । ओली समूहले मदन भण्डारी फाउन्डेसनमार्फत सुदूरपश्चिममा गतिविधि बढायो । रावलले दमन गरेका, कारबाहीमा परेका मान्छेलाई समेटेर फाउन्डेसनले संरचना तयार पार्‍यो । रावलले मदन भण्डारी फाउन्डेसनमाथि नै प्रश्न उठाएर आलोचना गरे । त्यसबाट रावलसँग ओली असाध्यै रूष्ट भएका थिए । 

ओली–रावल सहकार्य 

विद्यार्थी राजनीतिबाट केन्द्रीय राजनीतिमा आइपुगेका रावल र केपी ओलीको बलियो राजनीतिक सहकार्यको इतिहास छैन । माले, एमाले वा नेकपामा हुँदा ओली र रावल सधैं फरक–फरक कित्तामै रहे । ओली पार्टी नेतृत्वमा आएदेखि रावलले ओलीमाथि प्रहार नै गरिरहे । 

२०५२ सालमा नेपाल र भारतबीचमा महाकाली सन्धि हुँदा रावलले माधव नेपाल–केपी ओलीलाई साथ दिए । त्यसबापत उनी २०५४ सालमा एमालेको केन्द्रीय सदस्य भए । महाकाली सन्धिलाई समर्थन गरेकै कारण रावलको परिवारमा राजनीतिक विग्रह पनि आयो । 

२०६५ सालमा एमालेको बुटवलमा भएको आठौं महाधिवेनशनमा अन्तिम समयमा आएर केपी ओली र भीम रावलको एउटै प्यानल बन्यो । केपी ओली पार्टी अध्यक्ष र भीम रावल उपाध्यक्षको उम्मेदवार बने । यो चुनावी सेट तयार हुुनमा माधव नेपालको भूमिका थियो । रावल नेपाल खेमामा थिए । निर्वाचनको सम्मुखमा नेपाल ओलीलाई सघाउन तयार भए । नेपालको कोटाबाट रावल उपाध्यक्षको उम्मेदवार भए । 

आठौं महाधिवेनशनमा ओली र रावल दुवैले पदाधिकारीमा चुनाव हारे । केन्द्रीय सदस्य मात्रै निर्वाचित भए तर उनले १ वर्षसम्म केन्द्रीय सदस्य पदको शपथ गर्न मानेनन् । माधव नेपाल प्रधानमन्त्री भएको बेला गृहमन्त्री बनाउने भएपछि हतारहतार रावलले केन्द्रीय सदस्यको शपथ लिएको उनीसँग लामो समय काम गरेका राष्ट्रिय सभाका सदस्य शेरबहादुर कुँवर बताउँछन् । २०७२ सालमा केपी ओली प्रधानमन्त्री हुँदा रावल उपप्रधान र रक्षामन्त्री भए । ९ महिना एउटै क्याबिनेटमा सहकार्य गरे । 

रावलको स्वभाव : स्टन्टमा अब्बल

भीम रावल कतिसम्म स्टन्ट गर्न सक्छन् भन्ने पछिल्लो पछिल्लो उदाहरण हो – सांसद पदबाट दिएको राजीनामा । साउन ३ गते माधव नेपाल पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएपछि आफूलाई पार्टी एकताको पक्षमा देखाउन उनले हतारमा सभामुखलाई राजीनामा बुझाए र केही दिनमा फिर्ता लिए । 

पार्टी एकता कायम गर्न लागेको बेला उनले आफूलाई धम्की आएको अभिव्यक्ति दिएका थिए तर कसले धम्की दियो भन्ने उनले अहिलेसम्म खुलाएका छैनन् ।

पार्टी उपाध्यक्ष पदमा हारेपछि १ वर्षसम्म केन्द्रीय सदस्यको शपथ नलिएका रावलले मन्त्री हुने भएपछि बल्खु पार्टी कार्यालयको भर्‍याङमुनि शपथ लिएका थिए । उपाध्यक्ष हारेपछि उनले सुदूरपश्चिम प्रदेशमा छुट्टै पार्टी बनाउने भनेर नेताहरूलाई धम्क्याउन समेत भ्याएको उनीसँग काम गरेका सुदूरपश्चिमका एक नेता बताउँछन् । 

त्यति मात्रै होइन, २०५१ सालमा उनी नागरिक उडड्यन तथा पर्यटन मन्त्री भएर बाहिरिएपछि आफूलाई सुरक्षा चुनौती भएको भन्दै उनले जिल्ला प्रशासन कार्यालयबाट बन्दुक राख्ने लाइसेन्स पनि लिएको उनी निकटस्थहरू बताउँछन् । 

ओली–रावलका मिल्ने स्वभाव 

पार्टीमा सधैं नदीको २ किनारा जस्तै सम्बन्ध रहेका ओली–रावलका केही व्यक्तिगत स्वभाव भने मिल्दाजुल्दा छन । दुवैमा राम्रो वाक कला छ । आफ्नो कुरा निडरताका साथ स्पष्ट राख्न सक्छन् । 

पार्टीमा नेता र कार्यकर्तालाई आफ्नो पक्षमा पार्ने दुवैको व्यक्तिगत स्वभाव पनि मिल्दोजुल्दो छ । ओली पनि पार्टीले जिम्मा दिएको काम आफूलाई मन परेन भने गर्दै नगर्ने स्वभावका थिए । विगत सम्झँदै नेता प्रदीप नेपाल भन्छन्, ‘ओलीलाई कुनै काम चित्त बुझेन भने गर्दैनथे । घरमा सुतेर बसिदिन्थे ।’

रावल पनि नेता, कार्यकर्तालाई दंग्याउन खप्पिस रहेको उनीसँग लामो समय काम गरेका एक नेता बताउँछन् । त्यति मात्रै होइन, रावलले सुदूरपश्चिम प्रदेशमा नेता कार्यकर्तालाई असाध्यै दबाबमा राखेका छन् । ‘उनीसँग भिन्न मत राख्ने र कार्यशैलीमा प्रश्न उठाउने नेतालाई कहिल्यै माथिल्लो तहमा आउन दिँदैनन् । उनी स्वभावजन्य निरंकुशता भएका व्यक्ति हुन्,’ ती नेताले भने ।

रावल जुनसुकै विषयमा तुरुन्त प्रतिक्रिया दिन्छन् तर गल्तीलाई सजिलै स्वीकार्दैनन् । उनको यो स्वभाव पनि ओलीसँग मिल्छ । 

राजनीतिमा राष्ट्रिय छवि बनाएका रावल आत्मकेन्द्रित स्वभावका छन् । उनीसँगै काम गरेका व्यक्तिहरूका अनुसार रावलले भाषणमा खुलस्त कुरा राखेजस्तो देखिए पनि साथी सर्कलमा उनी त्यति खुल्दैनन् । 

उनका एक जना पूर्व सहकर्मी भन्छन्, ‘भीम रावलले दुःखसुख साट्ने नजिकको साथी नै छैन । कि त कार्यकर्ता छन् कि त नेता छन् । साथीभाइहरू बस्ने र रमाइलो गर्न बानी उनको छैन ।’

मेधावी विद्यार्थी, संघर्षमय राजनीति 

अछामको साँफेबगरमा जन्मिएका रावल सानै हुँदा उनको बुवाको निधन भएको थियो । आमाको रेखदेखमा उनी हुर्किए । उच्च शिक्षाका लागि काठमाडौं आएका उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा बोर्डफस्ट भए । उनले केही समयअघि त्रिविबाटै विद्यावारिधि पनि गरेका छन् । 

अध्ययनपछि उनले त्रिविकै आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र (सेडा) मा जागिर खाए । २०४६ सालमा नेपाल बार एशोसिएशनको मानव अधिकार संयोजकको जिम्मेवारीमा जागिर खाए । २०४८ सालमा चुनाव हारेपछि राष्ट्रसंघीय कार्यक्रमको जागिर खान कम्बोडिया गए । 

कम्बोडियाको मिसनबाट फर्केपछि २०५१ सालको मध्यावधि निर्वाचनमा विजयी भएपछि रावल नागरिक उडड्यन तथा पर्यटन राज्यमन्त्री भएका थिए ।

२०५४ सालमा नेकपा एमाले विभाजन हुँदा उनको परिवार पनि राजनीतिक रूपमा विभक्त भयो । उनकी पत्नी महाकाली सन्धिको विरोध गरेर मालेतिर लागिन्, रावल एमालेमै रहे । पछि रावलकी पत्नी संचिताले राजनीति छाडेर परिवार सम्हालेका रावल निकट नेताहरू बताउँछन् ।

रावल एमालेमा नरहन सक्छन् ! 

रावलसँग लामो समय काम गरेका सुदूरपश्चिमका नेता एवं राष्ट्रियसभा सदस्य शेरबहादुर कुँवर रावल लामो समय एमालेमै रहनेमा शंका व्यक्त गर्छन् । ‘के कारणले उनको यू–टर्न भएको थियो, त्यो त थाह छैन तर ओलीको व्यवहारले उनी अहिल्यै उत्तेजित भइसके । उनी एमालेमै रहिरहन्छन् भन्नेमा शंका छ,’ कुँवरले भने । 

रावलबारे कुँवरले थप भने, ‘वैशाखमै पार्टी फुटाउन तयार भएका थिए । देउवालाई प्रधानमन्त्री बनाउन सबै तारतम्य मिलाउने उनै हुन् । चुनावसम्म गठबन्धन टिकाउने रणनीति पनि उनैले बनाएका हुन् । १० बुँदे सहमतिको नाममा यू–टर्न भएका छन् तर त्यहाँ उनको कत्लेआम हुन्छ । अहिले त टेलरिङ मात्रै भएको छ । महाधिवेशनसम्ममा सबै छर्लङ्ग भइसक्छ ।’

सुदूरपश्चिम प्रदेशमा इन्चार्जको जिम्मेवारी नदिनुलाई कुँवरले ‘टेलरिङ’को संज्ञा दिए । ‘उनी एग्रेसिभ स्वभावका छन् । त्यस्ता व्यक्तिले के निर्णय लिन्छन् भन्नै सकिँदैन । त्यहाँ उनलाई लखेट्नेहरूको संख्या बढी छ । नेकपामा हुँदा माधव नेपाल र प्रचण्डको र एमालेमा माधव नेपाल लगायतको संरक्षण र बल उनीसँग थियो । अहिले उनी एक्लै छन् । जुनसुकै निर्णय पनि गर्न सक्छन्,’ कुवँरले भने । 

एमाले विभाजन नहुँदा कुवँर सुदूरपश्चिममा रावलका दाहिने हात हुन् । त्यहाँ रावलले कुवँरलाई पोस्ने राजनीति गरे भनेर उनको आलोचना हुँदै आएको थियो । रावलले गुट बनाउन नसक्ने, नेता कार्यकर्तालाई टिकाउन र रिझाउन नसक्ने भएकाले पार्टी नेतृत्वमा आउने सम्भावना पनि नदेखेको कुवँर बताउँछन् । 

TATA Below
NLIC
साउन १९, २०७९

अमेरिकी संसद्की सभामुख न्यान्सी पलोसीको ताइवान भ्रमण खतरनाक रणनीतिअन्तर्गत आएको देखिन्छ ।  एक चीन नीतिलाई परित्याग गरी ताइवानको स्वतन्त्रतालाई समर्थन गर्न अमेरिकाका नवअनुदारवादीहरूले राखिरहेको मागलाई पल...

साउन १८, २०७९

सन् १९९० को नोभेम्बर अर्थात् वि.सं. २०४७ मंसिरमा नेपालको अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले भारतको भ्रमण गरेका थिए ।  २०४७ सालको संविधान जारी भएपछि २०४८ सालमा प्रतिनिधि सभाको चुनाव हुने...

साउन २०, २०७९

अमेरिकी सभामुख न्यान्सी पलोसीले ताइवान भ्रमण गरेपछि आक्रोशित चीनले ताइवान वरपर लगातार युद्धाभ्यास गरिरहेको छ ।  ताइवानमा उठेका स्वतन्त्रता (अलग राष्ट्र बनाउने) स्वरहरूलाई क्रमशः दबाउँदै जाने रणनीतिअन्तर्ग...

साउन २४, २०७९

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा चुनावी तालमेल गर्ने निर्णय गरेको पाँचदलीय गठबन्धन सोमवारदेखि सीट बाँडफाँडको छलफलमा प्रवेश गरेको छ । सीट बाँडफाँड गर्न गठबन्धनले बनाएको कार्यदल सोमवारबाट...

साउन २२, २०७९

चीनको चेतावनीलाई बेवास्ता गर्दै अमेरिकी संसद्की सभामुख न्यान्सी पलोसीले ताइवान भ्रमण गरेपछि आक्रोशित चीनले ताइवान क्षेत्र नजिक सैन्य अभ्यास जारी राखेको छ ।  आइतवार (७ अगस्ट) सम्म भएको अभ्यास अब नियम...

साउन २४, २०७९

आगामी मंसिर ४ गते हुने आम चुनावमा तालमेल गर्ने निर्णय गरेको सत्तारूढ ५ दलीय गठबन्धनले सिट बाँडफाँटबारे औपचारिक छलफल थालेको छ । सिट बाँडफाँट गर्न गठबन्धनले कार्यदल बनाएको छ । चुनावी तालमेलको सैद्धान्तिक स...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

साउन २२, २०७९

राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...

ad
x