०४ असार २०८३, बिहीबार

असोज ४ देखि नयाँ नोट

भदौ २९, २०७८
असोज ४ देखि नयाँ नोट

नजिकिँदै गरेको दशैँलगायतका चाडपर्वमा नयाँ नोट लिन खोज्नेले असोज ४ देखि नै पाउने भएका छन्। चाडपर्वलाई लक्षित गर्दै नेपाल राष्ट्र बैङ्कले सर्वसाधारणका लागि असोज ४ देखि नयाँ नोट वितरण गर्न लागेको हो।राष्ट्र  बैङ्कले  बालुवाटारस्थित  प्रधान  कार्यालयका साथै  आफ्ना  सबै  क्षेत्रीय  कार्यालयबाट  सर्वसाधारणलाई नयाँ नोट सटही गर्ने व्यवस्था गर्दै छ।
कोरोना सङ्क्रमणको जोखिमलाई ध्यानमा राखी राष्ट्र बैङ्कले दशैँ आउनुभन्दा झन्डै तीन साता अगाडिबाट नोट सटही गर्ने तयारी गरेको हो।कोरोना महामारीमा हुने भीडभाडलाई कम गर्न राष्ट्र बैङ्कले अघिल्ला  वर्षहरूमा  भन्दा  अगाडि  नै  नोट  वितरण  गर्न  थालेका  हो। गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्