२८ असार २०८३, आइतबार

नेकपा (एस)को बैठक सर्‍यो, अब असोज ५ मा बस्ने

नेकपा (एस)को बैठक सर्‍यो, अब असोज ५ मा बस्ने

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक अब असोज ५ मा बस्ने भएको छ । 

आज बस्ने भनिए पनि तयारी नपुगेको भन्दै बैठक सारिएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । 

बैठकमा केही नेताको कार्य विभाजन, देशभर संगठन विस्तारका लागि आवश्यक कमिटी गठन र समसामयिक राजनीतिक अवस्थाका विषयमा छलफल गरिने उनको भनाइ छ । 

यसअघि पार्टीले विभिन्न ६ प्रदेशमा इन्चार्ज तोक्नाका साथै केही विभाग गठन गरेर नेताहरूलाई जिम्मेवारी प्रदान गरेको थियो ।

नेकपा (एमाले)बाट अलग भई हालै गठन भएको नेकपा (एकीकृत समाजवादी)ले विभिन्न राजनीतिक गतिविधि सञ्चालन गर्ने क्रममा जनवर्गीय संगठन निर्माण गरिरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्