
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा बस र ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने २४ घाइते भएका छन् ।
काँकडभिट्टाबाट महेन्द्रनगरका लागि छुटेको सुप्र ०२–००१ नम्बरको यात्रुवाहक बस र ना ६ ख ७१२६ नम्बरको ट्रक नवलपुरको गैँडाकोट–१० , २३ स्मृति पुल नजिक एकआपसमा आज बिहान ठोक्किएको थियो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीका अनुसार बस सडकबाट १० मिटर तल खस्दा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । मृतकको अझै पहिचान खुलेको छैन । उनका अनुसार मृत्यु हुनेमा दुई महिला र एक पुरुष छन् ।
बसमा चालकसहित २६ जना सवार रहेका बताइएको छ । तीमध्ये तीन जना घाइतेको अवस्था गम्भीर छ । यसै गरी ट्रकका चालकसमेत घाइते भएका छन् । घाइतेको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको प्रनाउ गिरीले बताए ।