०५ असार २०८३, शुक्रबार

बुवाआमाले नै गरे ८ महिने शिशुको घाँटी रेटी हत्या

बुवाआमाले नै गरे ८ महिने शिशुको घाँटी रेटी हत्या
प्रतिकात्मक तस्वीर

रूपन्देहीमा छोराको हत्या गरेको आरोपमा बुवाआमा पक्राउ परेका छन् ।

जिल्लाको गैडहवा गाउँपालिका–६ स्थित सूर्यपुरामा शनिवार एक दम्पतीले ८ महिने नाबालक शिशु सुरज मल्लाहाको हत्या गरेको प्रहरीले जनाएको छ ।

शिशुको हत्या भएको आंशकामा २२ वर्षीय बुवा श्रीराम मल्लाहा र २० वर्षीय आमा रेनु मल्लाहालाई प्रहरीले पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा आमाबुवाले आफ्नै घरको छतमा दुधे ८ महिनाको नाबालक छोरा सुरज मल्लाहालाई घाटी रेटी हत्या गरेको अनुसन्धानबाट खुलेको रूपन्देही प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए ।

‘मृतकको परिवारमा जग्गा सम्बन्धी विवादको कारणले दैनिक कलह, झैझगडा हुने गरेको र घटना सोही कारणले भएको भन्ने बुझिएको छ,’ प्रवक्ता थापाले भने । 

प्रहरीका अनुसार घटनास्थलको सुक्ष्म अवलोकन गर्ने क्रममा निजको घरको छतमा आलो रगत जमेको अवस्थामा भेटिएको थियो । मल्लाहा दम्पती सुत्ने कोठाको टेबुलमा रगत लागेको हँसिया भेटिएको थियो । ओछ्यान, विद्युत्को स्वीच र रेनुले लगाएको सारीमा पनि रगत जस्तो रातो पदार्थ लागेको फेला परेको प्रहरीले जनाएको छ ।

मृतक शिशुका आमाबुवाले प्रहरीसमक्ष हत्या गरेको स्वीकार गरिसकेका प्रहरीले जनाएको छ । मृतक शिशुका आमाबुवालाई कर्तव्य ज्यान मुद्दामा हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्