१२ असार २०८३, शुक्रबार

विदेशीले तालिम दिएका अफगान स्नाइपरलाई तालिबानले गर्‍यो हत्या

भदौ २९, २०७८
विदेशीले तालिम दिएका अफगान स्नाइपरलाई तालिबानले गर्‍यो हत्या

बेलायतको विशेष फौजसँग मिलेर काम गरेका एक अफगान स्नाइपरलाई तालिबानले उनकै परिवारअगाडि हत्या गरेको छ । 

नूर नामक ती स्नाइपरलाई काबुलमा उनको बहिनीको घरमा भेटेको हो । त्यसपछि दुईजना बन्दूकधारीले उनलाई भुइँमा लडाएर छातीमा तीनवटा गोली हानेका थिए । 

बेलायतले तालिम दिएको अफगान इकाइ सीएफ३३३ का उनी सदस्य थिए । तालिबानले काबुल कब्जा गरेपछि अरूलाई उद्धार गरिएको भए पनि उनी काबुलमै थिए । उनले अन्य स्थानमा जानका लागि निवेदन दिए नदिएको स्पष्ट छैन । 

यस हत्याले बेलायती सेनाका सदस्यमा आक्रोशको लहर छाएको छ । 

नूरलाई उनकी पत्नी र पाँच बालबालिकाकै अगाडि गोली हानेर हत्या गरिएको हो । 

पश्चिमी फौजसँग काम गरेका मानिसको खोजीमा तालिबान अहिले घरघर गइरहेका छन् । 

नूरका साथी रफी होत्तकले बताए, ‘नूरलाई धेरैपटक ज्यान मार्ने धम्की आएको थियो । उनलाई ज्यानको डर थियो । बेलायत र उनीहरूको साझेदारलाई समर्थन गर्नेहरूले यस्तो स्थिति भोग्नुपरेको छ ।’
 

salt training

कमेन्ट गर्नुहोस्