१० असार २०८३, बुधबार

जबर्जस्ती करणी उद्योगका फरार अभियुक्त पक्राउ

जबर्जस्ती करणी उद्योगका फरार अभियुक्त पक्राउ

जबर्जस्ती करणी उद्योगका फरार अभियुक्तलाई रामेछाप प्रहरीले पक्राउ गरी आज म्याद थप गरेको छ । 

७३ वर्षीय वृद्धालाई करणीको प्रयास गरेर फरार रहेका गोकुलगंगा गाउँपालिका–४ का ३१ वर्षीय शुकबहादुर मगरातीलाई प्रहरीले ९ महिनापछि पक्राउ गरेको हो । 

प्रहरीका अनुसार २०७७ पुस २३ गते घटनापछि फरार रहेका उनी भारतमा लुक्दै आएका थिए । 

प्रहरीले विशेष सूचनाको आधारमा अभियुक्त घर आएको छ भन्ने जानकारी पाएपछि प्रहरी चौकी बेतालबाट खटिएको प्रहरी टोलीले घरबाटै उनलाई पक्राउ गरेको थियो । 

घटनाको थप अनुसन्धानका लागि जिल्ला अदालत रामेछापबाट पाँच दिनको म्याद थप भएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्रीशंकर श्रेष्ठले बताए ।  

salt training

कमेन्ट गर्नुहोस्