०६ साउन २०८३, बुधबार

आफैंले स्थापित गरेको अभ्यासबमोजिम चल्नुहोस् : उपनेता नेम्वाङ

भदौ २९, २०७८
आफैंले स्थापित गरेको अभ्यासबमोजिम चल्नुहोस् : उपनेता नेम्वाङ

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले आफैंले स्थापित गरेको अभ्यास र कानूनअनुसार चल्न सभामुख अग्निप्रसाद सापकोटालाई अनुरोध गरेका छन् ।

पार्टीका नेता कसलाई कारबाही गर्न हुन्छ र कसलाई कारबाही गर्न हुँदैन भन्ने कुरा सभामुखको अधिकार क्षेत्रभित्र नभएको जिकिर गर्दै उपनेता नेम्वाङले सभामुखले कसैप्रति भेदभाव गर्न नहुनेमा जोड दिए ।

नेकपा एमालेले पार्टीको ह्वीप उल्लंघन गर्ने १४ सांसदलाई पदमुक्त नगरेको भन्दै संसद् बैठक अवरोध गर्दै आएको छ ।

प्रतिनिधि सभाको मंगलवारको बैठकपछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै नेता नेम्वाङले सभामुखलाई स्थापित अभ्यासबमोजिम चल्न आग्रह गरे ।

कमेन्ट गर्नुहोस्