×

NMB BANK
NIC ASIA

एक दिन गाउँपालिका हाँकेकी सुस्मिता भन्छिन्– नेतृत्व गर्न अवसर आयो भने पछि हट्दिनँ

भदौ २९, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

मोरङको बूढीगंगा गाउँपालिकामा १६ वर्षीया सुस्मिता ऋषिदेवले मंगलबार एक दिने अध्यक्ष बनेर गाउँपालिका सञ्चालन गरिन् । बालदिवसको अवसरमा गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझीले एक दिनका लागि आर्थिक र प्रशासनिक बाहेकको अधिकार हस्तान्तरण गरेर सुस्मितालाई काम गर्ने अवसर प्रदान गरेका थिए ।

Muktinath Bank

सुस्मिताले पनि आफूले पाएको अधिकारको भरपुर प्रयोग गरिन् । सुस्मिताले कर्मचारीलाई निर्देशन गर्नेदेखि कार्यपालिकाको बैठक समेत राखिन् । अध्यक्षको अधिकार के हो भनी प्रमुख प्रशासकीय अधिकृत डम्बर वल्लभ बरालसँग समेत उनले सोधेकी थिइन् । निर्वाचित जनप्रतिनिधि सहित बैठकमा बसेकी उनले गाउँपालिकाका कामलाई ढिलासुस्ती छिटो, छरितो र सहज रूपमा कसरी बनाउने भनेर छलफल समेत गरिन् ।
 उनले कर्मचारीहरूलाई काममा ढिला सुस्ती नगर्न समेत निर्देशन दिइन् । बैठकमा प्रमुख प्रशासकीय अधिकृत डम्बरुबल्लभ बरालले सहयोग गरेका थिए । बैठकपछि एकदिने अध्यक्ष सुस्मिताले स्वास्थ्य चौकी बुढीगंगा र कर्मवीर माध्यमिक विद्यालयको अनुगमन गरेकी थिइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्वास्थ्य चौकी अनुगमन गर्दै उनले त्यहा आउने सेवाग्रहीलाई स्वास्थ्यचौकीले दिएको सेवा सुविधाको बिषयमा जिज्ञासा लिएकी थिइन् । उनले स्वास्थ्यकर्मीहरुलाई सेवाग्राहीलाई भरपर्दाे र सहज सेवा प्रदान गर्न निर्देशन दिइन् ।


Advertisment
Nabil box
Kumari

कार्यपालिकाको बैठक बालबालिकासम्बन्धी कार्यक्रम सञ्चालनका लागि बाल क्लबले पेस गरेको प्रस्ताव उपर छलफल गरी ५० हजार बजेट निकासा दिने निर्णय समेत एक दिने अध्यक्षले गरेकी छिन् ।

Vianet communication
Laxmi Bank

बैठकमा उनले गाउँपालिकामा निर्माण हुने भौतिक संरचना बालमैत्री बनाउने, सन् २०२५ भित्र गाउँपालिकालाई बाल विवाहमुक्त गाउँपालिका घोषणाका लागि आजैबाट काम सञ्चालन गर्ने र लामो समयदेखि बन्द रहेको विद्यालय सञ्चालन गर्नका लागि गाउँपालिकाभरिका सबै विद्यालयमा सरसफाई अभियान सञ्चालन गरी सञ्चालनका लागि तयारी गर्ने निर्णय गरिन् ।

उक्त निर्णयपछि सुस्मिताले एक दिने अध्यक्षको जिम्मेवारी गाउपालिका अध्यक्ष माझीलाई हस्तान्तरण गरिन् । एक दिनका लागि भएपनि गाँउपालिकामा आउन पाउदा खुसी लागेको उनले बताइन् ।
उनले गरिबीको रेखामुनि रहेका बालबालिकालाई यसरी नै अगाडि बढाउन खोज्ने हो भने महिला पनि नेतृत्वमा आउन सक्ने बताइन् । उनले भनिन्, ‘अहिले पनि हाम्रो समाजमा बालविवाह बढ्दो अवस्थामा छ, त्यसलाई रोक्नु चुनौतिपूर्ण रहेको छ । आफूले कुनै जिम्मेबारी पाए नेतृत्व गर्न सक्छु भन्ने लागेको सुस्मितको भनाइ छ ।

बालबालिकाहरूलाई नेतृत्वमा ल्याउने उद्देश्यले एक दिनका लागि गाउँपालिका अध्यक्ष बनाउने कार्यक्रम सञ्चालन गरिएको राष्ट्रिय बाल अधिकार परिषद् प्रदेश १ का समन्वय अधिकृत सुमन अधिकारीले बताए । उनले बालबालिकामा नेतृत्व विकासको अभ्यास गराउनुका साथै राष्ट्रिय बाल दिवसलाई नेपालमा नै फरक र नवीन रूपमा मनाउने योजना अनुसार कार्यक्रम गरिएको बताए ।
गाउँपालिका अध्यक्ष माझीले बालिका सुस्मिताले गरेको तीन बुँदे निर्णय कार्यपालिको शुक्रवार बस्ने बैठकले अनुमोदन गरी कार्यान्वयन गर्ने बताए । बालिकासँग काम गर्न पाउँदा केही कुरा सिक्ने अवसर मिलेको प्रमुख प्रशासकीय अधिकृत  बरालले बताए ।

बालबालिका, किशोरी, महिला, विपन्न, दलित, सुकुम्वासीको गाउँपालिकाप्रतिको बुझाइ र अपेक्षाकोबारे जान्ने अवसर प्राप्त भएको गाउँपालिका अध्यक्ष माझीले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x