०४ असार २०८३, बिहीबार

नाबालक शिशु हत्याको अभियोगमा दम्पत्ति पक्राउ

भदौ २९, २०७८
नाबालक शिशु हत्याको अभियोगमा दम्पत्ति पक्राउ

रुपन्देहीको गैडहवा गाउँपालिकामा नाबालक छोराको हत्या गरेको अभियोगमा एक दम्पत्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गैडहवा गाउँपालिका–६ स्थित सूर्यपुरामा शनिबार एक दम्पत्तिले आठ महिने शिशु सुरज मल्लाहको हत्या गरेको प्रहरीले जनाएको हो ।

शिशुको हत्या भएको आशंकामा २२ वर्षका बाबु श्रीराम मल्लाहा र २० वर्षकी आमा रेनु मल्लाहालाई प्रहरीले सोही दिन पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सत्यनारायण थापाले अनुसन्धानका क्रममा आमा–बुबाले आफ्नै घरको छतमा दुधे आठ महिनाको नाबालक छोरा सुरज मल्लाहलाई घाटी रेटी हत्या गरेको खुलेको आज सूचनामार्फत जानकारी गराएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्