०५ असार २०८३, शुक्रबार

शिक्षकको घाँटी रेटेर हत्या

भदौ २९, २०७८
शिक्षकको घाँटी रेटेर हत्या

दैलेखको गुराँस गाउँपालिकामा एक शिक्षकको घाँटी रेटेर हत्या भएको छ । गाउँपालिकाको छोटेपोखरामा पढाउँदै आएका शिक्षक नगेन्द्र बिसीको गए राति घाँटी रेटेर हत्या गरिएको हो ।

प्रहरीले शंकास्पद दुई व्यक्तिलाई नियन्त्रणमा लिएको छ । गुराँस गाउँपालिका–८ छोटेपोखरास्थित मालिका माध्यमिक विद्यालयमा पढाउँदै आएका शिक्षक  विसीको हत्या गरेको आशंकामा प्रहरीले नियन्त्रणमा लिएको हो ।

    प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिको विवरण सार्वजनिक गरेको छैन । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख अनुपराज श्रेष्ठका अनुसार ती व्यक्ति शिक्षकको हत्या हुनु पूर्व रातिसँगै भएको खुलेको छ । “नियन्त्रणमा लिएका व्यक्ति र हत्या गरिएका शिक्षकसँग राति सँगै भएको खुल्न आएको छ”, श्रेष्ठले भने, “घटनास्थलको प्रकृति र ती व्यक्तिहरूबाट थप प्रमाण भेटिएकाले पनि अनुसन्धानपछि मात्रै घटनाको वास्तविक तथ्य खुल्नेछ ।”

salt training

कमेन्ट गर्नुहोस्