३२ असार २०८३, बिहीबार

तोकिएअनुसार खाद्यान्न ढुवानी हुन नसक्दा समस्या

कात्तिक २०, २०७४
तोकिएअनुसार खाद्यान्न ढुवानी हुन नसक्दा समस्या

हुम्ला, २ असार - तोकिएअनुसारको खाद्यान्न ढुवानी हुन नसक्दा जिल्लामा खाद्यान्न केही कमी भएको छ ।

खाद्यान्न ढुवानीको जिम्मा पाएको नेपाली सेनाले गत जेठमा आफ्नो विमान दुर्घटनापछि जिल्लामा खाद्यान्न ढुवानी गरेको छैन । जिल्लामा खाद्यान्न ढुवानी हुन नसक्दा सर्वसाधारणलाई मागे जति उपलब्ध गराउन नसकिएको प्रजिअ धनप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, खाद्यान्न ढुवानी नभएको बारे आपूर्ति मन्त्रालयका सचिव र नेपाल खाद्य संस्थानका महाप्रबन्धकलाई जानकारी गराइसकिएको छ, मन्त्रालयले चाँडै निर्णय गर्ला ।”

उहाँका अनुसार अहिले जिल्लामा करिब तीन सय क्विन्टल खाद्यान्न मौज्दात छ । मृत्यु भएका र जन्म भएका परिवारलाई सरकारले तोकेको प्रति परिवार २० केजी खाद्यान्न उपलब्ध गराइएको छ । अन्य सर्वसाधारणलाई भने मागेजति खाद्यान्न उपलब्ध गराउन सकिएको छैन ।

आज खाद्यान्न लिन विभिन्न गाउँपालिकाबाट जिल्ला सदरमुकाम आएका सर्वसाधारण खाद्यान्न नपाएपछि रित्तो हात फर्केका छन् । यस वर्ष तोकिएअनुसार जिल्लामा झन्डै छ हजार क्विन्टल खाद्यान्न ढुवानी हुन सकेको छैन । सडक सञ्जाल नपुगेको हुम्लामा हवाइमार्गबाट खाद्यान्नलगायत ढुवानी हुँदै आएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्