
पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज रुपन्देहीको बुटवल आउँदैछन् ।
रुपन्देही एमाले अगुवा कार्यकर्ता भेला सम्बोधन गर्न बुटवल आउन लागेका हुन् ।
बुटवल ११ देवीनगर मैदानमा हुने भेलामा जिल्लाका १६ वटै स्थानीय तहका १५ हजारभन्दा बढी अगुवा कार्यकर्ता सहभागी हुने प्रचार विभाग प्रमुख मोहन चापागाईँले बताए । १२ बजे ओली बुटवल आउने बताइएको छ ।
भेलालाई पार्टी अध्यक्ष ओलीसहित उपमहासचिव द्वय विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल स्थायी कमिटी सदस्य टोप बहादुर रायमाझी, केन्द्रीय सदस्य महेश बस्नेत लगायतले सम्बोधन गर्नेछन् ।
भेलामा जिल्लाका सबै कमिटी र संगठनहरु परिचालन गरिएको तथा ब्यवस्थापकीय तयारी सबै पूरा भएको जिल्ला सचिवालय सदस्य ऋषिराम पाण्डेले बताए ।
एमाले लुम्बिनी प्रदेश कमिटी बैठकले पार्टी विभाजनका नाममा अलमलमा परेका नेता कार्यकर्तालाई स्पष्ट पार्न निर्देशन दिए बमोजिम जिल्लामा बृहत् भेला आयोजना गरिएको एमाले रुपन्देही अध्यक्ष शिवराज सुवेदीले बताए ।