०४ असार २०८३, बिहीबार

काँग्रेसबाट एक  लाख  १०  हजार बढी  क्षेत्रीय  प्रतिनिधि  चयन  हुने

भदौ ३०, २०७८
काँग्रेसबाट एक  लाख  १०  हजार बढी  क्षेत्रीय  प्रतिनिधि  चयन  हुने

देशभरका सबै वडामा नेपाली काँग्रेसको अधिवेशन प्रक्रिया पूरा  हुँदा  एक  लाख  १०  हजारभन्दा  बढी  क्षेत्रीय  प्रतिनिधि  चयन  हुने  भएका  छन्  ।  काँग्रेसको केन्द्रीय निर्वाचन समितिले कुल छ हजार ७४३ वडामा अधिवेशन पूरा हुँदा त्यहाँबाट एक लाख १० हजारभन्दा बढी क्षेत्रीय प्रतिनिधि चयन हुने जनाएको छ ।

 केन्द्रीय  निर्वाचन  समितिका  सदस्य  अधिवक्ता  सीताराम  केसीले  वडाको  निर्वाचनबाट  पार्टीको  वडाध्यक्ष  र  क्षेत्रीय प्रतिनिधि निर्वाचित हुने र त्यसबाट केन्द्रीय  महाधिवेशन  प्रतिनिधि  निर्वाचित  हुने  जानकारी  दिए ।  काँग्रेसको  विधानअनुसार १५० भन्दा बढी क्रियाशील सदस्य भएको वडाबाट १५ क्षेत्रीय प्रतिनिधि र एक वडा सभापति गरी १६ जना चयन हुने  छन्  ।  वडा  सभापतिले  पनि  क्षेत्रीय  प्रतिनिधिसरह  महाधिवेशन  प्रतिनिधिको  चयन प्रक्रियामा भाग लिन पाउने प्रावधान छ । वडा अधिवेशनले वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन गर्ने छ । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्