०८ साउन २०८३, शुक्रबार

उत्तर कोरियाले पुनः गर्‍यो ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण

भदौ ३०, २०७८
उत्तर कोरियाले पुनः गर्‍यो ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाले बुधवार दुईवटा ब्यालिस्टिक क्षेप्यास्त्र पूर्वी सागरमा खसाएको दक्षिण कोरियाका जोइन्ट चीफ्स अफ स्टाफले बताएका छन् । 

किसिम थाहा नभएका क्षेप्यास्त्रहरू उत्तरको मध्यभागबाट प्रक्षेपण गरिएको अनि दक्षिण कोरिया र अमेरिकाका गुप्तचर अधिकारीहरूले थप सूचनाका लागि विवरणहरूको विश्लेषण गरिरहेको बयान जारी गरेर बताइएको छ । 

ती क्षेप्यास्त्रहरूको उडान पथका बारेमा जानकारी आइसकेको छैन । 

उत्तरले यस वर्ष मात्र दोस्रोपटक ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको हो । क्रुज क्षेप्यास्त्रलाई पनि जोड्ने हो भने यो वर्षको पाँचौं हतियार परीक्षण हो । आइतवार मात्र उत्तरले नयाँ किसिमको क्रुज क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो । 

प्योङयाङले हालैका सातामा सैन्य तनाव चर्काएको छ । अघिल्लो महिना उसले दक्षिण कोरिया र अमेरिकाबीचको संयुक्त सैन्य अभ्यासको विरोध गर्दै ठूलै सुरक्षा संकट आउने चेतावनी दिएको थियो । 

उत्तरले योङब्योन परिसरमा प्लुटोनियम उत्पादन गर्ने आणविक भट्टी पनि फेरि शुरू गर्न खोजेको संकेत दिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्