२३ असार २०८३, मंगलबार

कहिल्यै कलेज नगएका ताकीजाकी बने जापानका सबभन्दा धनी व्यक्ति

भदौ ३०, २०७८
कहिल्यै कलेज नगएका ताकीजाकी बने जापानका सबभन्दा धनी व्यक्ति

विद्युतीय सेन्सर निर्माता कम्पनी कीन्स कोर्पका संस्थापक ताकेमिचु ताकीजाकी जापानका सबभन्दा धनी व्यक्ति बनेका छन् । 

ब्लूमबर्ग अर्बपति सूचकांकका अनुसार, ताकीजाकीको सम्पत्ति ३८.२ अर्ब डलर छ । उनको कम्पनीको शेयर सोमवार दुईगुणाले बढेपछि उनी सर्वाधिक धनी भएका हुन् । 

ताकीजाकी कहिले पनि कलेज गएका छैनन् । कलेज नगएपनि उनले विद्युतीय सेन्सरको आविष्कारमा सहायता गरेका हुन् । 

सन् १९७४ मा उनले कीन्सको स्थापना गरेका थिए । औद्योगिक स्वचालन (अटोमेसन) का लागि सेन्सर, मापक उपकरण, मशिन भिजन सिस्टम र अन्य उपकरण बनाउने कम्पनी उनले खोलेका थिए । 

सन् २०१५ मा कीन्स कोर्पको अध्यक्ष पदबाट हटेपछि अहिले पनि कम्पनीका मानार्थ अध्यक्ष हुन् । 

कीन्सको शेयर सन् २०२० को आरम्भदेखि सोमवारसम्ममा ९६ प्रतिशतले बढेको छ । त्यसले गर्दा कम्पनीलाई १६७ अर्ब डलरको बजार मूल्य प्राप्त भयो । टोयोटा मोटर कोर्पपछि यो जापानको दोस्रो ठूलो कम्पनी हो । 

salt training

कमेन्ट गर्नुहोस्