काठमाडौँ, ३ असार- सामान्य अवस्थाभन्दा केही दिन ढिलो गरी सुरु भएको यो वर्षको मनसुन अझै सक्रिय हुन सकेको छैन ।गत जेठ २९ गते (१२ जुन)बाट नेपालको पूर्वी भागमा प्रवेश गरेको मनसुन पूर्णरूपमा सक्रिय हुन नसक्दा वर्षा राम्रो हुन सकेको छैन । असारको मुखमा वर्षा नहुँदा रोपाइँ गर्न नपाएर किसान खिन्न छन् । केही दिनयता मौसममा फेरबदल भइरहे पनि पर्याप्त वर्षा हुन सकिरहेको छैन ।

मनसुनको आगमन पूर्वमा कमजोर तरिकाले आएको हुँदा यो सक्रिय हुन नसकेको मौसमविद् सुवास रिमालले जानकारी दिए, गोरखापत्रमा खबर छ ।
“मनसुनी वर्षा राम्रो हुनका लागि पश्चिमी वायुको प्रभाव कम हुनुपर्छ तर यो वायु अझै पनि रहिरहेको छ, मनसुनी वायुले पश्चिमी वायुलाई धकेलेर सिथिल पार्ने कार्य सोचेजस्तो भएको छैन,” उनले भने ।