२५ जेठ २०८३, सोमबार

यस्तो छ साउन १९ गतेदेखि सञ्चालन हुने एसईई पूरक परीक्षाको समयतालिका

कात्तिक २०, २०७४
यस्तो छ साउन १९ गतेदेखि सञ्चालन हुने एसईई पूरक परीक्षाको समयतालिका

काठमाडौं, ३ असार– माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७३ मा सी, डी र ई ग्रेड ल्याएका परीक्षार्थीले ग्रेड बृद्धिका लागि लिइने पूरक परीक्षा साउन १९ गतेदेखि सञ्चालन हुने भएको छ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले ग्रेड बृद्धिका लागि सञ्चालन गरिने पूरक परीक्षाको समयतालिका सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएको समयतालिकाअनुसार पूरक परीक्षा दिन चाहने विद्यार्थीहरुले सम्बन्धित विद्यालयबाट साउन १० गतेभित्र आवेदन दिइसक्नु पर्नेछ । । परीक्षा साउन २६ गतेसम्म सञ्चालन हुनेछ ।

२०७३ चैतमा सञ्चालित एसईई परीक्षाको नतिजा शुक्रबार सार्वजनिक भएको थियो । परीक्षामा ४ लाख ६२ हजार १ सय ३६ जना परीक्षार्थी संलग्न भएका थिए । जसमध्ये नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना सफल भएका छन् भने एक्जाम्टेडतर्फ भने १६ हजार ५७२ जना सफल भएका छन् ।

एसईई परीक्षार्थीहरुले लोकान्तर डट्कमबाट सिधै आफ्नो नतिजा हेर्न सक्ने छन् । नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्

salt training

कमेन्ट गर्नुहोस्