०४ असार २०८३, बिहीबार

अब चीनले चन्द्रमामा आलु फलाउने !

कात्तिक २०, २०७४
अब चीनले चन्द्रमामा आलु फलाउने !
चिनियाँ वैज्ञानिकहरुले अब चन्द्रमामा आलु फलाउने भएका छन् ।

आगामी वर्ष सन् २०१८ मा चन्द्रमामा जान तयारी गरीरहेको ‘लुनर मिशन’ अन्तर्गत ‘चेन्ज्स्–४’ नाम दिइएको वैज्ञानिकहरुको टोलिले चन्द्रमामा पुगेर आलु फलाउने कोशिस गर्ने छ ।

चाइना रेडियो इन्टरनेशनलका अनुसार चिनियाँ वैज्ञानिकहरुले निर्माण गरेको एउटा सानो इकोसिस्टमसहितको भाँडोमा आलु रोपिने छ ।

चोंगक्वीन विश्वबिद्यालयका प्रा सि जेंगसिन्का अनुसार वैज्ञानिकहरुले रेशमकिराको लार्भा राखिएको उक्त भाँडोलाई प्राकृतिक स्याटेलाइटको सहायताले पृथ्वीको सतहमा जसरी आलु फलाउने कोशिस गर्नेछन् ।

सिआरआईका अनुसार वैज्ञानिकहरुले चन्द्रमामा उक्त रेशम किराको सहायताले आलु फलाउन सफल भएमा भविष्यमा चन्द्रमामा मानवबस्ती निर्माणको लागि नयाँ मार्ग हुने बीबीसीले जनाएको छ ।

चिनियाँ वैज्ञानिकहरुले यस कार्यक्रमलाई एकदमै महत्वाकांक्षी कदम बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्