२२ जेठ २०८३, शुक्रबार

समाचार लेखेकै भरमा पत्रकार पक्राउ

कात्तिक २०, २०७४
समाचार लेखेकै भरमा पत्रकार पक्राउ

महेन्द्रनगर, ३ असार– प्रहरीले गर्ने ज्यादतीविरुद्ध समाचार लेखेकै भरमा कञ्चनपुर प्रहरीले एक पत्रकारलाई पक्राउ गरेको छ ।

कञ्चनपुर सदरमुकाम महेन्द्रनगरबाट प्रकाशित हुने मानसखण्ड दैनिक पत्रिकाका सम्पादक खेम भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले ‘सार्वजनिक अपराध’ मुद्दामा छानविन गर्न भन्दै पक्राउ गरेको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव निरीक्षक महेन्द्र पाण्डे नेतृत्वको टोलीले भण्डारीलाई भीमदत्त नगरपालिका १८ कटानस्थित पत्रिकाको कार्यालयबाटै पक्राउ गरेको हो ।

पत्रकार भण्डारीलाई पक्राउका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जारी गरेको पक्राउ पूर्जी



भण्डारी सम्पादक रहेको मानसखण्ड पत्रिकामा केही दिन अगाडि ‘ कञ्चनपुरका एसपीमाथि २ युवती अपहरणको आरोप’ शीर्षकमा समाचार प्रकाशित भएको थियो ।

सोही समाचारको विषयलाई लिएर कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रकाश चन्दले कानूनविपरित पत्रकार भण्डारीलाई पक्राउ गरेको कञ्चनपुरका पत्रकारको भनाइ छ ।

समाचार लेखेकै भरमा कुनैपनि पत्रकारलाई पक्राउ गर्नु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको पत्रकारहरुको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय स्रोतले मानसखण्डमा प्रकाशित समाचारमा एसपी चन्दले अपहरण गरेका भनिएका २ युवतीका बुवाले ‘सार्वजनिक अपराध’ अन्तर्गत मुद्दा दर्ता गरेकाले अनुसन्धानका लागि ल्याइएको बताएको छ ।

salt training

कमेन्ट गर्नुहोस्