२३ जेठ २०८३, शनिबार

बुटवलका मेयरलाई मुक्का हान्ने एमाले कार्यकर्ता

बुटवलका मेयरलाई मुक्का हान्ने एमाले कार्यकर्ता

पहिरो निरीक्षणका लागि बुटवल उपमहानगरपालिका–३ ज्योतिनगर पुगेका बुटवलका नगर प्रमुख (मेयर) तथा एमाले रूपन्देही अध्यक्ष शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने एमाले कार्यकर्ता रहेको खुलेको छ । 

ज्योतिनगरका स्थानीय गणेश पंगेनीले मेयर सुवेदीलाई सोमवार बिहान मुक्का हानेका थिए । सुवेदी पनि एमालेबाट निर्वाचित मेयर हुन् ।

उनी लुम्बिनी वाणिज्य क्याम्पसमा अध्ययनरत अनेरास्ववियू जिल्ला कमिटी सदस्य हुन् । 

विद्यार्थी राजनीति गर्दै आएका उनले पहिरोले पीडित बनाउँदा स्थानीय सरकारले पहिरो व्यवस्थापनमा चासो नदिएकाले मुक्का हानेको जनाएको प्रहरीले बताएको छ । उनी पहिरो पीडित रहेको बताइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्