०१ साउन २०८३, शुक्रबार

सभामुखले न्याय नगर्दासम्म संसद अवरोध जारी रहन्छ : विशाल भट्टराई

सभामुखले न्याय नगर्दासम्म संसद अवरोध जारी रहन्छ : विशाल भट्टराई
फाइल तस्वीर।

प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले सभामुखको कार्यशैली र एमालेप्रतिको भेदभावको कारण आन्दोलित हुनुपरेको बताएका छन् । सभामुखले न्याय नगरेसम्म संसदको अवरोध जारी रहने उनले बताए । 

संसदमा सत्ता पक्ष र सभामुखले निकास दिनुपर्ने उनको भनाइ छ । 

बजेटबारे प्रमुख प्रतिपक्षीसँग सामान्य संवाद पनि नगरी जबर्जस्ती रुपमा ल्याइएको उनले बताए । 

‘संसदमा प्रस्तुत भएका बिजनेस वा एजेण्डाहरूप्रति भन्दा पनि हाम्रो सभामुखको कार्यशैली र सभामुखले नेकपा (एमाले)प्रति गरेको विभेदको कारणले हामी अहिले संसदमा आन्दोलनमा छौँ,’ उनले भने, ‘उहाँले त्यो प्रवृत्ति नसच्याएसम्म, त्यो घटनामा नेकपा(एमाले)लाई गरेको अन्यायमा उहाँले जबसम्म न्याय गर्नुहुन्न तबसम्म हाम्रो यो आन्दोलन जारी नै रहन्छ ।’

गरिमामय आसनमा बसेको व्यक्तिले लाक्षणिक विरोध र सांकेतिक विरोधको पनि अर्थ बुझ्नुपर्ने उनको भनाइ छ । 

‘यसको निकास सभामुखज्यूले नै दिनुपर्छ । सत्तापक्षले दिनुपर्छ । सभामुखले दिनुपर्छ । उहाँहरूसँग हामी जोडदार माग गर्न चाहान्छौँ,’ उनले भने, ‘कसरी निकास दिनुपर्छ भन्ने उहाँहरुले जान्ने कुरा हो । सभामुखले सूचना टाँस्नैपर्छ अन्यथा मार्ग प्रशस्त गर्नैपर्छ । बजेट बारे प्रमुख प्रतिपक्षीसँग सामान्य संवाद पनि नगरी जबर्जस्ती ल्याइएको छ ।’

salt training

कमेन्ट गर्नुहोस्