०३ साउन २०८३, आइतबार

भारतले छिमेकीहरूलाई पुनः खोप उपलब्ध गराउने

असोज ४, २०७८
भारतले छिमेकीहरूलाई पुनः खोप उपलब्ध गराउने

भारतले नेपाल लगायतका छिमेकी मुलुकहरूलाई भ्याक्सिन मैत्री अन्तर्गत पुनः कोरोनाविरुद्धको खोप उपलब्ध गराउन लागेको भारत सरकारका स्वासथ्यमन्त्री मनसुख माण्डव्यलाई उद्धृत गर्दै पीटीआई समाचार संस्थाले खबर दिएको छ । 

पोहोर साल भारतले भ्याक्सिन मैत्रीअन्तर्गत छिमेकी मुलुकहरूलाई कोभिशील्ड वितरण गरेको थियो । तर देशभित्रै खोप उपलब्ध नगराएर छिमेकीहरूलाई दिएको भनी आलोचना आएपछि भारतले खोप रोकेको थियो । 

यस वर्ष पनि आफ्ना नागरिकलाई खोप दिएर बाँकी रहेको खोप छिमेकी मुलुकहरूलाई दिने माण्डव्यले बताए । आफूहरूले अक्टोबर महिनामा ३० करोडभन्दा बढी डोज अनि आगामी तीन महिनामा १०० करोड डोज पाउने आशा गरेको जानकारी पनि माण्डव्यले दिए । 

salt training

कमेन्ट गर्नुहोस्