
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो दलको नेतृत्वमा प्रदेश १ र बागमतीमा नयाँ सरकार बन्ने दाबी गरेका छन् ।
सोमबार पेसागत महासङ्घ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले दुईवटा प्रदेशमा छिटै एकीकृत समाजवादी पार्टीको नेतृत्वमा सरकार गठन हुने दाबी गरे ।
त्यसका लागि तयारी अवस्थामा रहन पेसागत महासङ्घलाई उनले अनुरोध गरे । बैठकमा सहभागी पेसागत महासङ्घका उपाध्यक्ष एवं नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य प्रेमल खनालले तत्कालै दुईवटा प्रदेशमा नेकपा (एकीकृत समाजवादी)को नेतृत्वमा सरकार बन्न लागेको नेता नेपालले बताएको जानकारी दिए । बैठकमा अध्यक्ष नेपालले प्रदेश २, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पार्टीको प्रभावकारी उपस्थिति रहेको दाबी गरे । गोरखापत्रमा खबर छ ।