
राप्रपा नेपालका अध्यक्ष कमल थापाले सरकारलाई अपवित्र गठबन्धनको संज्ञा दिएका छन् ।
उनले मंगलवार बिहान एक ट्वीट गर्दै अपवित्र गठबन्धन सरकारले भ्रष्टाचार र ब्रम्हलुटलाई संस्थागत र वैधानिकता प्रदान गरेको टिप्पणी गरेका छन् ।
उनले सरकारले पूर्वाधारमा लगानी गर्दा आयस्रोत नखोजिने व्यवस्था गरेर भ्रष्टाचार गरेर आर्जन गरिएको अकुत कालो धनलाई चोख्याउने सरकारको निर्णय भएको भन्दै यसको विरोध गरेका छन् ।
उनले निर्णय तत्काल फिर्ता गर्न पनि सरकारसँग माग गरेका छन् ।
पूर्वाधारमा लगानी गर्दा आयस्रोत नखोजिने व्यवस्था गरेर वर्तमान 'अपवित्र'गठबन्धन सरकारले भ्रष्टाचार र ब्रम्हलुटलाई संस्थागत र वैधानिकता प्रदान गरेको छ।भ्रष्टाचार गरेर आर्जन गरिएको अकुत कालो धनलाई चोख्याउने सरकारको यस निर्णयको बिरोध र भर्त्सना गर्दछु।
यो निर्णय तत्काल फिर्ता गरियोस्
— Kamal Thapa (@KTnepal) September 21, 2021