०१ असार २०८३, सोमबार

बुटवलका मेयरलाई मुक्का प्रहार गर्नेविरुद्ध एमालेले मुद्दा नचलाउने

बुटवलका मेयरलाई मुक्का प्रहार गर्नेविरुद्ध एमालेले मुद्दा नचलाउने

नेकपा एमालेले बुटवलका मेयर शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने अनेरास्ववियुका सदस्य गणेश पंगेनीविरुद्ध  मुद्दा नचलाउने भएको छ ।

एमाले बुटवलले मंगलवार पत्रकार सम्मेलन गरी घटना दुखद् र गलत भएको बताउँदै मुद्दा चलाउने पक्षमा एमाले नरहेको बताएको हो ।

एमाले बुटवल नगरका अध्यक्ष बाबुराम पन्थीले बुटवलको पहिरो प्रभावित ज्योतिनगरमा नगर प्रमुखमाथि भएको आक्रमणको निन्दा गरे । 'घटना जसरी भयो, त्यो गलत छ, तर यस घटनालाई मुद्दाका रूपमा अघि बढाउने पक्षमा हामी छैनौँ,' उनले भने । उनले घटना नियोजित रूपमा भएको आशंका रहेको बताए । 

नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहेका सुवेदीलाई आफ्नै कार्यकर्ताले मुक्का हानेपछि पार्टिभित्र पनि बहस सिर्जना गरेको छ । मेयर सुवेदीमाथिको आक्रमणलाई भने बुटवल उपमहानगरले नियोजित  भएको भन्दै घटनामा संलग्नलाई कारवाहीको माग गरेको थियो ।  

पहिरो निरीक्षणका लागि बुटवल-३ ज्योतिनगरमा गएका नगर प्रमुख सुवेदीलाई सोमवार पंगेनीले मुक्का प्रहार गरेका थिए । 

पंगेनीलाई साँझ ७ बजे नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । ज्योतिनगरका स्थानीय समेत रहेका पंगेनीको पहिरो प्रभावित हुन् ।

salt training

कमेन्ट गर्नुहोस्