२२ जेठ २०८३, शुक्रबार

मेरो लुगा छुने हैन– तालिबानविरुद्ध अफगान महिलाले चलाउन थाले अभियान

असोज ५, २०७८
मेरो लुगा छुने हैन– तालिबानविरुद्ध अफगान महिलाले चलाउन थाले अभियान

अफगानिस्तानमा महिलाहरूले तालिबानका विरुद्ध अन्लाइन विरोध अभियान चलाउन थालेका छन् । 

तालिबानले महिला विद्यार्थीका लागि कठोर नियम लागू गरेपछि विरोधस्वरूप महिलाहरूले यो अभियान चलाएका हुन् । उनीहरूले परम्परागत रंगीचंगी वस्त्र लगाएर तस्वीर खिचिरहेका छन् । 

फोटोसँगै उनहिरूले डन्टटचमाईक्लोद्स र अफगानकल्चर ह्याशट्याग पनि उपयोग गरिरहेका छन् । 

सत्तामा पुनः आएपछि तालिबानले महिलाका लागि कलेज र निजी विश्वविद्यालयमा नयाँ ड्रेस कोडको घोषणा गरेका छन् । शिक्षा मन्त्रालयले सेप्टेम्बर ५ मा जारी गरेको दस्तावेजअनुसार, महिला विद्यार्थी, शिक्षक र कर्मचारीले कपाल, शरीर र अनुहारको अधिकांश भाग ढाक्ने अबाया वा निकाब लगाउनुपर्छ । ती वस्त्रहरू कालो हुनुपर्छ र महिलाले हात छोप्न पञ्जा पनि लगाउनुपर्छ । 

त्यस्तो कालो लुगाभन्दा अफगानिस्तानको परम्परागत रंगीचंगी वस्त्र धेरै राम्रो भएको सन्देश दिन महिलाहरूले अन्लाइन विरोध प्रदर्शन गरिरहेका हुन् । 
 

salt training

कमेन्ट गर्नुहोस्