३१ जेठ २०८३, आइतबार

बेलायतमा पूर्व रुसी गुप्तचरको हत्यामा रुसको हात रहेको युरोपेली अदालतको ठहर

असोज ५, २०७८
बेलायतमा पूर्व रुसी गुप्तचरको हत्यामा रुसको हात रहेको युरोपेली अदालतको ठहर

मानवअधिकारसम्बन्धी युरोपेली अदालतले बेलायतमा गरिएको अलेक्जेन्डर लिटभिनेन्कोको हत्यामा रुस दोषी रहेको ठहर गरेको छ । 

रुसका पूर्व गुप्तचर तथा सूचनादाता लिटभिनेन्कोलाई सन् २००६ मा विष दिइएपछि उनी तड्पी तड्पी मरेका थिए । 

लन्डनको मिलेनियम होटलमा उनले पिएको ग्रीन टीमा दुर्लभ तथा घातक रेडियो विकिरणयुक्त आइसोटोप वैज्ञानिकहरूले फेला पारेका थिए । 

मस्कोले उनको मृत्युमा हात रहेको कुरालाई अस्वीकार गर्दै आएको छ । 

तर मंगलवार रुसलाई युरोपको अदालतले दोषी ठहर गरेको छ । 

लिटभिनेन्को रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका कठोर आलोचक थिए । विष खुवाएर मारिनुभन्दा ६ वर्षअघि उनी रुसबाट भागेर बेलायत पुगेका थिए । 

बेलायतले गरेको छानबिन सन् २०१६ मा टुंगिएको थियो । पुटिनले लिटभिनेन्कोको हत्याका लागि रुसी गुप्तचर कारवाहीको अनुमति दिएको हुन सक्ने उक्त छानबिनको निष्कर्ष छ । 
 

salt training

कमेन्ट गर्नुहोस्