पाँचथर, ३ असार - नेपाली काँग्रेसका युवा नेता तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले अब हुने दोस्रो चरणको निर्वाचनमा नेपाली काँग्रेस पहिलो हुने बताएका छन् ।

पाँचथरको हिलिहाङस्थित जोरपोखरीमा आज बिहान भएको पार्टी भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
काँग्रेसका उम्मेदवार सक्षम, सबल, क्षमतावान र विकासशील भएको हुँदा उनीहरुलाई अब हुने स्थानीय तहको निर्वाचनमा अत्यधिक मतले विजयी गराउन जनतालाई आग्रह गरे ।
ऐतिहासिक पार्टी भएको र अब मुलुकको समृद्धि गर्ने पार्टी काँग्रेस नै रहेको हुँदा अब काँग्रेसको पक्षमा जनलहर आएको उनले बताए ।