×

NMB BANK
NIC ASIA

कहिल्यै नसुध्रिने तस्कर

लागूऔषधको मुद्दामा १९ वर्ष जेल बसेपछि पनि उही धन्दामा 'सेसे', एयरपोर्टमा भयो पर्दाफास

असोज ५, २०७८

NTC
Premier Steels

लागूऔषध कारोबारको मुद्दामा १९ वर्ष जेल बसेर निस्केका नुवाकोटको विदुर नगरपालिका– १३ का सेसे उर्फ उर्पा तमाङसहित ७ जनालाई लागूऔषध नियन्त्रण ब्यूराले पक्राउ गरेको छ । 

Muktinath Bank

२०५४ साल कात्तिक ३ गते ८५० ग्राम लागूऔषध हेरोइनसहित पक्राउ परेर १५ वर्ष कैद र ५ लाख जरिवाना तोकिएका सेसे पैसा तिर्न नसकेपछि १९ वर्ष कैद भुक्तान गरेर २०७३ सालमा निस्किएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनी जेलबाट त निस्किए, तर लागूऔषध तस्करी गर्ने अपराध भने छाडेनन् । 


Advertisment
Nabil box
Kumari

Vianet communication

प्रहरीका अनुसार उनले २०७३ सालदेखि अहिलेसम्म ८० किलो चरेस विदेश पठाइसकेको अनुसन्धानमा खुलेको लागूऔषध नियन्त्रण ब्यूरोका प्रमुख एसएसपी हृदय थापाले पत्रकार सम्मेलनमा बताए ।

उनले लकडाउनभन्दा अगाडि विभिन्न नेपाली ह्यान्डी क्राफ्टमा लुकाएर नेपालबाट भारतको कोलकत्ता हुँदै हङकङ, चीन, टर्की लगायतका देशमा सडक र समुद्रको बाटो भएर तस्करी गर्दै आएका थिए ।

तर लकडाउनको समयमा बाटो बन्द भएपछि उनले कतारलाई नयाँ गन्तब्य बनाएर नेपालको एयरपोर्ट हुँदै लागूऔषध कतार लैजान खोजेको देखिने एसएसपी थापाले बताए ।

‘उनीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा जाँच कडा छ भनेर सडकको बाटो हुँदै तस्करी गर्दै आएका थिए । कोरोनाले रोकिएकाले पहिलो पटक नेपालको एयरपोर्टबाट एटेम्प्ट गरेको देखिन्छ,’ एसएसपी थापाले भने ।

कसरी पक्राउ परे सेसे ?

केही समय अगाडिदेखि चलेको अपरेसन ह्यासअन्तर्गत प्रहरीले ७ केजी ६१४ ग्राम चरेस बरामद गरिसकेको छ ।

भदौ २१ गते लागू औषध नियन्त्रण ब्यूरोले कतार एयरवेजको फ्लाइट नम्बर क्यूआर ६४५ बाट कतारको दोहा जाने क्रममा म्याग्दी मंगला गाउँपालिका–३ का ३६ वर्षीय श्यामप्रसाद रोका र ३५ वर्षीय वीरबहादुर रोका मगरलाई बेलुका साढे ८ बजे पक्राउ गर्‍यो ।

प्रहरीले उनीहरूको साथबाट सुटकेसमा फल्स बटन बनाएर लैजाँदै गरेको ४ केजी ३४ ग्राम चरेस बरामद गरेको थियो । तर उनीहरूलाई आफूहरूले लागूऔषध लिएर जाँदै गरेको पत्तो थिएन ।

अनुसन्धानका क्रममा थाहा भयो- सुनबहादुर गुरुङ नाम गरेका व्यक्तिले आर्थिक प्रलोभनमा पारी उनीहरूलाई सुटकेस भिडाएका रहेछन् ।

धादिङको गंगाजमुना गाउँपालिका– ४ का सुनबहादुर गुरुङलाई खनियाबास गाउँपालिका– ५ का २८ वर्षीय याङ्की भन्ने जीतबहादुर तामाङले कतार जाने मानिसहरू खोज्न लगाएका हुन्छन् । 

यता याङ्कीलाई खनियाबासकै माइला भन्ने कृष्णबहादुर तामाङले कतार जाने कोही छ भने खोज्नु, केही सामान पठाउनुछ भनेर योजना बनाएको देखिने लागूऔषध नियन्त्रण ब्यूरोका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) हृदय थापाले पत्रकार सम्मेलनमा बताए ।

‘हामीले यसरी उनीहरूको सञ्जाल अनुसन्धान गर्दै ७ जना व्यक्तिलाई भदौ २१ गते पक्राउ गरेका थियौं,’ एसएसपी थापाले भने, ‘यो चरेस कहाँबाट आयो भनेर अनुसन्धान गर्ने क्रममा सेसे भन्ने उर्पा तामाङलाई पक्राउ गर्‍यौं ।’

नुवाकोटको विदुर नगरपालिका– १३ का ५२ वर्षीया सेसे उर्फ उर्पा तामाङको कोठाबाट थप ३ केजी ५९९ ग्राम चरेस ह्यान्डी क्राफ्टका सामानहरूमा र नोट बुकहरूमा राखेको फेला पारेको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ ।

प्रहरीले उनको कोठा अर्थात् सानो कारखानामा ह्यान्डीक्राफ्ट बनाउने सामानहरू पनि बरामद गरेको थियो ।

प्रहरीको अनुसन्धानका क्रममा सेसे भन्ने उर्पा तामाङ यसभन्दा अगाडि १९ वर्ष लागूऔषधकै केसमा केन्द्रीय कारागार सुन्धारामा कैद भुक्तान गरेर आएको देखिने एसएसपी थापाले पत्रकार सम्मेलनमा बताए ।

प्रहरीका अनुसार उनले नेपालबाट भारतको कोलकत्ता हुँदै बैंकक, थाइल्यान्ड, टर्कीलगायतका देशहरूमा ८० किलो चरेस तस्करी गरेको सेसेले बताएका छन् । 

सेसेलाई कसले चरेस र ह्यान्डीक्राफ्ट बनाउने सामान दियो भन्ने अनुसन्धान गर्दै जाँदा म्याग्दीका वीरबहादुर तामाङले दिएको देखिएको प्रहरीले जनाएको छ ।

‘वीरबहादुर र सेसेले संयुक्त रूपमा लागूऔषध चरेसको कारोबार गरेको देखिन्छ,’ एसएसपी थापाले लोकान्तरसँग भने ।

उनीहरूले ठमेलमा नेपाली ह्यान्डी क्राफ्टका सामानहरू ल्याउने नोटबूक बनाउने र त्यसको बीचमा चरेस राखेर विदेश पठाउने गर्थे । 

उनीहरूले विदेशमा जाने नयाँ व्यक्तिहरूको खोजी गरी उनीहरूलाई विभिन्न लोभ देखाएर– कसैको टिकट किनिदिएर, कसैलाई खाजा खुवाएर र कसैलाई सुटकेस किनिदिएर लागूऔषध तस्करीमा प्रयोग गर्दै आएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x