
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलवार दोहोरो अंकले उकालो लागेको छ ।
लगातार ओरालो लागेर झण्डै २०० अंकले घटेको नेप्सेमा मंगलवार सामान्य सुधार देखिएको हो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३.८३ विन्दुले उकालो लागेर २ हजार ७१२.०७ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.३६ विन्दुले उकालो लागेर ५०८.६२ मा पुगेको छ ।
कूल २२३ कम्पनीको १ करोड ५३ लाख ६ हजार ६१ कित्ता शेयर ७ अर्ब ३६ करोड ४७ लाख ९८ हजार ६५२ मूल्यमा खरिद बिक्री भए । मंगलवारको कारोबारपछि बजार पुँजीकरण ३७ खर्ब ९५ अर्ब ७६ करोड ८५ लाख ९२ हजार ११४ हजार बराबर पुगेको छ ।
नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये ४ उपसमूहको शेयर ओरालो लागेको छ भने ९ उपसमूहको शेयर उकालो लागेको छ । व्यापार ५०.२५, वित्त १८.४५, उत्पादन १९.०१ र सामूहिक लगानी कोष ०.०१ विन्दुले ओरालो लागेको छ । बैंकिङ ३.७४, होटल तथा पर्यटन ७६.०९, विकास बैंक २७.३७, जलविद्युत् २२.८३, निर्जीवन बीमा ७२.०२, अन्य १३.८१, लघुवित्त १४.४९, जीवन बीमा १९९.६४ र लगानी १.२७ विन्दुले उकालो लागेको छ ।
कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २५ करोड ४४ लाख १५ हजार २३३ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे । नबिल बैंक २० करोड ५६ लाख ६ हजार ७९४, नेपाल पूर्वाधार बैंक २० करोड ४६ लाख ११ हजार ८९९, हिमालयन डिस्टिलरी २० करोड १९ लाख ३६ हजार १७१ र अपि पावर कम्पनी १८ करोड ८ लाख ४३ हजार ९३५ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
नेप्सेका अनुसार कारोबारका आधारमा मनकामना स्मार्ट लघुवित्त ९.९९, रुरु जलविद्युत् परियोजना ५.७८, नेपाल पूर्वाधार बैंक ४.६६, लाइफ इन्स्योरेन्स कम्पनी ४.२८, माहुली सामुदायिक लघुवित्तका लगानीकर्ताले ३.९९ प्रतिशतले कमाए । सानिमा लार्ज क्याप फण्ड ३.४३, एक्सेल डेभलपमेन्ट बैंक ३.४२, जानकी फाइनान्स ३.२६, माउन्टेन इनर्जी नेपाल २.९४ र सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले २.९१ प्रतिशतले गुमाए ।