×

NMB BANK
NIC ASIA

महासङ्घद्वारा प्रतिस्थापन विधेयकको स्वागत

असोज ५, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल उद्योग वाणिज्य महासङ्घले कोभिड–१९ महामारीबाट नागरिकको जीवन रक्षा गर्ने र शिथिल अर्थतन्त्रलाई पुनःरुत्थान गरी उच्चदरको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको भन्दै प्रतिस्थापन विधेयकको स्वागत गरेको छ ।
 
    महासङ्घले आज बजेटका सम्बन्धमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै निजी क्षेत्रलाई आर्थिक विकासको सम्बाहकका रूपमा परिभाषित गर्दै अनुकूल व्यावसायिक वातावरण सिर्जना गरिने कुराले निजी क्षेत्र उत्साहित भएको जनाएको छ ।
 
    निजी क्षेत्रका अधिकांश माग सम्बोधन भएकामा महासङ्घले सरकारलाई धन्यवाद दिएको छ । करको दरभन्दा दायरा बढाउने प्रतिस्थापन बजेटको प्राथमिकतालाई स्वागत गर्दै महासङ्घ आर्थिक अनुशासन कायम गरी कोभिड खोप व्यवस्थापन गर्ने सरकारको तयारी सकारात्मक भएको जनाएको छ ।
 
    निरन्तर बढिरहेको व्यापार घाटालाई क्रमशः घटाउँदै वैदेशिक व्यापार सन्तुलन गर्न तीन महिनाभित्र योजना तयार गरिने उल्लेख गरिएकामा त्यसलाई महासङ्घले सकारात्मक रूपमा लिएको छ ।
 
    यसैगरी कोभिडबाट सबैभन्दा बढी प्रभावित साना उद्यम एवं पर्यटन क्षेत्रलाई तत्काल तङ्ग्रने कार्यमा थप गृहकार्य आवश्यक रहेको भन्दै महासङ्घले साना तथा मझौला उद्यमलाई परियोजनाका आधारमा कर्जा उपलब्ध गराउने सम्भावनासहित महासङ्घले अध्ययन प्रतिवेदन नेपाल राष्ट्र बैंकसमक्ष पेश गरिसकेको स्मरण गरेको छ ।
 
    बजेटले पनि ५०० युवालाई बिना धितो ऋण उपलब्ध गराउने व्यवस्था गरेको र त्यसको प्रभावकारी कार्यान्वयनका लागि पनि महासङ्घले तयार पारेको सम्भाव्यता अध्ययन सहयोगी हुने महासङ्घको विश्वास छ ।
 
    राष्ट्रिय महत्वका जलविद्युत् आयोजना, अन्तर्राष्ट्रिय विमानस्थल, भूमिगतमार्ग तथा सडक, रेलमार्गजस्ता पूर्वाधार विकास आयोजना, सिमेन्ट उद्योग, स्टिल उद्योग, कृषिमा आधारित उद्योगको प्रवद्र्धन गर्ने नीति सकारात्मक रहेको महासङ्घले स्पष्ट पारेको छ ।
 
     पर्यटन सेवासँग सम्बन्धित उद्योग तथा ३०० भन्दा बढी स्वदेशी कामदारलाई रोजगारी दिने र ५० प्रतिशतभन्दा बढी स्वदेशी कच्चापदार्थ उपयोग गर्ने उत्पादनशील उद्योगमा २०८० चैत मसान्तसम्म गरिएको लगानीको स्रोत नखोजिने व्यवस्था गरिनु स्वागतयोग्य कदम भएको ठहर गरेको छ ।
 
    यसैगरी २०० मेगावाटभन्दा बढी क्षमताका जलविद्युत् आयोजनालाई करमा दिइएको सुविधा स्वागतयोग्य भएको उल्लेख गर्दै महासङ्घले स्वदेशी लगानीलाई प्रोत्साहन गर्न साना जलविद्युत् आयोजनालाई पनि सोही प्रकारको सुविधा प्रदान गर्न माग गरेको छ । महासङ्घले पूर्वाधार तयार भएका जलविद्युत् आयोजनाको रोकिएको विद्युत् खरिद सम्झौता (पिपिए) गर्न अनुरोध गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x