०२ असार २०८३, मंगलबार

पहिलो चरणको निर्वाचनमा जस्तो देखिएन तालमेल

कात्तिक २०, २०७४
पहिलो चरणको निर्वाचनमा जस्तो देखिएन तालमेल
काठमाडौँ, ४ असार- दोस्रो चरणको स्थानीय निर्वाचनमा पनि प्रमुख दलहरूले विभिन्न जिल्लामा चुनावी तालमेल गरेका छन् । उम्मेदवार मनोनयनको दिनसम्म आइपुग्दा दलहरूले झन्डै आधा दर्जन जिल्लामा तालमेल गरेका छन् ।Ballot Boxकांग्रेस–माओवादी केन्द्रबीच अधिकांश स्थानमा तालमेल भएको छ । दोस्रो चरणमा निर्वाचन हुने एक मात्र महानगरपालिका विराटनगरमा एमाले र लोकतान्त्रिक फोरमबीच तालमेल भएको छ, नयाँ पत्रिकामा खबर छ ।

पहिलो चरणको निर्वाचनमा कतिपय ठाउँमा तालमेल प्रभावकारी नदेखिएपछि दोस्रो चरणमा तालमेल कम देखिएको छ । केन्द्रबाट भन्दा पनि स्थानीयस्तरमा आफैँ पहलकदमी लिएर तालमेल भएको नेताहरूले बताएका छन् । धेरै जिल्लामा कांग्रेस र माओवादीबीच तालमेल भएको छ । माओवादी र एमाले एक नगरपालिकामा मात्रै तालमेलमा छन् । केही स्थानीय तहमा दलहरूबीच तालमेलको पहल जारी छ । स्थानीय आवश्यकताअनुसार ठूला दलहरूले विभिन्न ठाउँमा साना दलहरूसँग पनि तालमेल गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्