
रौतहट गौर नगरपालिका-४ स्थित गौर बसपार्कबाट ४० किलो चाँदीसहित एक जना पक्राउ परेका छन् ।
सर्लाही मलंगवा नगरपालिका-२ बस्ने ३५ वर्षीय विद्यानन्द साह सोनारलाई मंगलवार बिहान प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं-गौर चल्ने ज्वाला रात्रि सेवा बसबाट झरेर पैदल हिँडिरहेका उनलाई अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले शंका लागि जाँच गर्ने क्रममा उनको साथबाट उक्त चाँदी फेला पारी उनलाई पक्राउ गरेको हो ।
उनलाई बरामद धातुसहित आवश्यक कारवाहीका लागि राजस्व कार्यालय पथलैया बारा पठाइएको छ ।