०६ असार २०८३, शनिबार

शेयर बजारमा उच्च वृद्धि, १३ कम्पनीको शेयर १० प्रतिशतले बढ्यो

शेयर बजारमा उच्च वृद्धि, १३ कम्पनीको शेयर १० प्रतिशतले बढ्यो

निरन्तरको गिरावटपछि शेयर बजारमा बुधवार उच्च अंकको वृद्धि भएको छ ।

शेयर बजार परिसूचक नेप्से १ सय ४ दशमलव ८८ बिन्दुले बढेर २८ सय १६ दशमलव ९५ बिन्दुमा कायम भएको छ । 

अघिल्लो दिन १३ अंकले बढेको  शेयर बजारमा बुधवार उछाल आएको हो ।

१३ कम्पनीको शेयर १० प्रतिशतका दरले बढेर सर्किट लाग्दा समग्र बजार ३ दशमलव ८७ प्रतिशतले बढेको छ ।

कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । 

सोमवार ८ अर्ब, मंगलवार ७ अर्बमाथिको कारोबार भएको शेयर बजारमा बुधवार  ६ अर्ब १७ करोडको कारोबार भएको छ ।

कारोबार केही खुम्चिए पनि बजारमा उच्च वृद्धि भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्