२२ जेठ २०८३, शुक्रबार

टेलिफोन र इन्टरनेट नहुँदा गणकलाई समस्या

असोज ६, २०७८
टेलिफोन र इन्टरनेट नहुँदा गणकलाई समस्या

हुम्लाका ७ वटै गाउँपालिकाका ४४ वडामा राष्ट्रिय जनगणना २०७८ अन्तर्गत सुपरीवेक्षक परिचालन गरिएको छ । 

जनगणना कार्यालयका प्रमुख विनोद भट्टले २३  सुपरीवेक्षक परिचालन गरेर जनगणनाको पहिलो चरणको काम शुरूआत गरिएको जानकारी दिए ।

उनले भने, ‘गाउँगाउँका सुपरीवेक्षक परिचालन भएका छन् । गणना कार्य जारी छ ।’

असोज १८ गतेसम्म पहिलो चरणको जनगणनाअन्तर्गत घरपरिवार लगायतको गणना हुने भएको छ । सुपरीवेक्षकले घरको विवरण, घरमूलीको नाम, पशुपन्छीको विवरण, बैंक खाता, ऋण, अनुदान पाए नपाएको लगायत २० प्रश्न सोध्ने र फाराम भर्ने जनाइएको छ ।

उनले भने, ‘हुम्ला भौगोलिक हिसाबले विकट त छँदैथियो, योसँगै टेलिफोन र इन्टरनेटको समस्याका कारण गाउँगाउँमा परिचालन गरिएका सुपरीवेक्षकलाई तथ्यांक संकलनमा थप समस्या भएको छ ।’ 

भौगोलिक विकटता र इन्टरनेटको समस्याले तथ्यांक संकलनको काम प्रभावित भएको उनले गुनासो गरे । उनले भने, ‘सुपरीवेक्षकले मोबाइल एपको सहायतामा घरघरमा गएर दैनिक तथ्यांक संकलन गर्नुपर्छ तर सबै ठाउँमा इन्टरनेटको पहुँच नहुँदा समस्या भएको छ, अहिलेसम्म सिमकोट गाउँपालिकामा खटिएका एक र नाम्खा गाउँपालिका खटिएका एक गरी २ जनासँग मात्रै सम्पर्क भइरहेको छ ।’

विक्रम संवत् २०६८ सालको जनगणनाअनुसार जिल्लाभर घरपरिवारको संख्या ९ हजार ४७९ र  जनसंख्या ५० हजार ८५८ रहेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्