१८ असार २०८३, बिहीबार

भारत र चीनसँगको सम्बन्ध अत्यन्तै सन्तुलित हुन्छ : परराष्ट्रमन्त्री खड्का

भारत र चीनसँगको सम्बन्ध अत्यन्तै सन्तुलित हुन्छ : परराष्ट्रमन्त्री खड्का

नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काले आफ्नो कार्यकालमा भारत र चीनसँगको सम्बन्ध अत्यन्तै सन्तुलित हुने बताएका छन् । 

बुधवार अपरान्ह सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेर पदभार ग्रहण गरेका परराष्ट्रमन्त्री खड्काले सञ्चारकर्मीहरूमाझ छिमेकी दुई मुलुक भारत र चीनबीचको सम्बन्ध अत्यन्तै सुमधुर, अत्यन्तै घनिष्ठ, मैत्रीपूर्ण र अत्यन्तै सन्तुलित हुने बताएका हुन् । 

उनले परराष्ट्र नीति कुनै दल विशेषको नहुने उल्लेख गर्दै राष्ट्रिय सहमतिका साथ अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरे । 

मन्त्री खड्काले राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र सम्बन्धलाई अघि बढाउने काममा आफू केन्द्रित भएर लाग्ने पनि बताए । 

उनले एमसीसीलगायतका जल्दाबल्दा समस्या समाधानका लागि राष्ट्रिय सहमति कायम गर्दै त्यसका तथ्यगत र मिथ्यागत कुरालाई ध्यानमा दिएर राष्ट्रिय हित अनुकूलका कामलाई मात्रै अघि बढाउने पनि स्पष्ट पारे । 

‘परराष्ट्र मन्त्रालयलाई एउटा गतिशील, आधुनिक प्रविधियुक्त मन्त्रालयको रुपमा अगाडि बढाउनका लागि पनि मेरो प्राथमिकता हो,’ उनले भने, ‘एससीसीबारे अध्ययन गरेर यसले पार्न सक्ने प्रभावहरूबारे र यसको बारेमा सिर्जना भएका केही तथ्यगत, केही मिथ्यागत कुराहरूलाई पनि ध्यान दिएर नेपालको राष्ट्रिय हितलाई कसरी प्रवद्र्धन गर्दा नेपालको सार्वभौमिकता, हाम्रो राष्ट्रिय अखण्डता, हाम्रो सुरक्षा र हाम्रो आर्थिक हितलाई प्रवद्र्धन गर्नका लागि हामीले सबै राष्ट्रहरूसँग खास गरेर छिमेकी राष्ट्रहरूसँग घनिष्ट र सन्तुलित सम्बन्ध कायम गर्दै अगाडि बढ्ने हो ।’

नवनियुक्त परराष्ट्रमन्त्री खड्काले संयुक्त राष्ट्र संघको महासभामा एमसीसीबारे छलफल नहुने पनि स्पष्ट पारे । उनले त्यस अवसरमा विश्वको विभिन्न देशका परराष्ट्रमन्त्रीहरूसँग द्विपक्षीय हितका विषयमा छलफल हुने बताए । 

नवनियुक्त परराष्ट्रमन्त्री खड्काले आफू संयुक्त राष्ट्र संघको महासभाको बैठकमा भाग लिएर आएपछि विभिन्न देशमा राजदूत नियुक्तिको प्रक्रिया अघि बढाउने जानकारीसमेत दिए ।

salt training

कमेन्ट गर्नुहोस्