०५ साउन २०८३, मंगलबार

कोरोना अपडेट : थपिए १४७८ संक्रमित, ६ जनाको मृत्यु

कोरोना अपडेट : थपिए १४७८ संक्रमित, ६ जनाको मृत्यु

पछिल्लो २४ घन्टामा १४७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ९३० नमूना परीक्षणमध्ये १२५१ पीसीआर र २२७ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । 

यससँगै नेपालमा हालसम्म ८ लाख ७७ हजार ४३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

यस्तै पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या ११ हजार ५९ पुगेको छ । 

मन्त्रालयका अनुसार थप एक हजार ४७८ जना संक्रमणमुक्त भएका छन् । 

यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ७ लाख ५५ हजार ६३० पुगेको छ । 

हाल मुलुकभर २१ हजार १३९ सक्रिय संक्रमित छन् ।

salt training

कमेन्ट गर्नुहोस्