०८ साउन २०८३, शुक्रबार

जबजको देवत्वकरण वा कुरुपीकरण होइन विकसित गर्छौं : माधव नेपाल

जबजको देवत्वकरण वा कुरुपीकरण होइन विकसित गर्छौं : माधव नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष माधव नेपालले जनताको बहुदलीय जनवादलाई कतिपयले देवत्वकरण गरेको बताए ।

बैठकमा समूहगत छलफलको निष्कर्ष सुनेपछि मन्तव्य राख्दै नेपालले जनताको बहुदलीय जनवाद (जबज) लाई कुरुप बनाउने काम गरिएको भन्दै जबज माक्र्सवादको सिर्जनात्मक प्रयोगको एक अध्याय भएको उल्लेख गरेका थिए । उनले भने, ‘न हामी जबजको देवत्वकरण, त त्यसको कुरुपीकरण । हामी जबजलाई विकसित गर्नेछौं, त्यसलाई समृद्ध पार्नेछौँ ।’ 

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकको दोस्रो दिन माधव नेपालले पेश गरेको राजनीतिक प्रतिवेदनमा छलफल भएको थियो । अध्यक्ष नेपालले असोज ५ गते बैठक शुरू गर्दै राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।
उक्त प्रतिवेदनमा छलफलका लागि पाँच वटा समूह बनाइएको थियो । त्यसमध्ये आजको बैठकमा समूह १ बाट रामकुमारी झाँक्री, समूह २ बाट रामचन्द्र साह तेली, समूह ३ बाट रमा आले, समूह ४ बाट श्रीप्रसाद साह र समूह ५ बाट दिनेशकुमार राईले आ–आफ्नो समूह छलफल उठेका विषयहरूको निष्कर्ष प्रस्तुत गरेको प्रचार विभागका प्रमुख जगन्नाथ खतिवडाले बताए ।
 
बैठकले प्राप्त सुझावहरूलाई समावेश गरी नेपालले प्रस्तुत गरेको प्रस्ताव आजको बैठकले सर्वसम्मतिले पारित गरेको खतिवडाले बताए । एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक भोलि (बिहीवार) बिहान ११ बजे अर्पण बैंक्वेट नयाँ बानेश्वरमा बस्ने गरी स्थगित भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्