×

NMB BANK
NIC ASIA

जबजको देवत्वकरण वा कुरुपीकरण होइन विकसित गर्छौं : माधव नेपाल

असोज ६, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष माधव नेपालले जनताको बहुदलीय जनवादलाई कतिपयले देवत्वकरण गरेको बताए ।

Muktinath Bank

बैठकमा समूहगत छलफलको निष्कर्ष सुनेपछि मन्तव्य राख्दै नेपालले जनताको बहुदलीय जनवाद (जबज) लाई कुरुप बनाउने काम गरिएको भन्दै जबज माक्र्सवादको सिर्जनात्मक प्रयोगको एक अध्याय भएको उल्लेख गरेका थिए । उनले भने, ‘न हामी जबजको देवत्वकरण, त त्यसको कुरुपीकरण । हामी जबजलाई विकसित गर्नेछौं, त्यसलाई समृद्ध पार्नेछौँ ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकको दोस्रो दिन माधव नेपालले पेश गरेको राजनीतिक प्रतिवेदनमा छलफल भएको थियो । अध्यक्ष नेपालले असोज ५ गते बैठक शुरू गर्दै राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।
उक्त प्रतिवेदनमा छलफलका लागि पाँच वटा समूह बनाइएको थियो । त्यसमध्ये आजको बैठकमा समूह १ बाट रामकुमारी झाँक्री, समूह २ बाट रामचन्द्र साह तेली, समूह ३ बाट रमा आले, समूह ४ बाट श्रीप्रसाद साह र समूह ५ बाट दिनेशकुमार राईले आ–आफ्नो समूह छलफल उठेका विषयहरूको निष्कर्ष प्रस्तुत गरेको प्रचार विभागका प्रमुख जगन्नाथ खतिवडाले बताए ।
 
बैठकले प्राप्त सुझावहरूलाई समावेश गरी नेपालले प्रस्तुत गरेको प्रस्ताव आजको बैठकले सर्वसम्मतिले पारित गरेको खतिवडाले बताए । एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक भोलि (बिहीवार) बिहान ११ बजे अर्पण बैंक्वेट नयाँ बानेश्वरमा बस्ने गरी स्थगित भएको छ ।


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x