×

NMB BANK
NIC ASIA

गंगामाया अधिकारीको अपील : सत्य तथा न्यायमा मेरो अधिकारलाई सुनिश्चित गर

असोज ६, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

आदरणीय दाजुभाइ दिदीबहिनीहरू,

Muktinath Bank

हजुरहरूलाई थाहै छ, न्यायका लागि मैले विगत १७ वर्षदेखि पीडादायी र कठिन यात्रा गरिरहेकी छु । तर २०६१ जेठ २४ गते चितवनको रत्ननगरमा रहेको बकुलहर चोकमा मेरो निर्दोष १७ वर्षीय छोरा कृष्ण प्रसाद अधिकारीका हत्याराहरू अहिलेसम्म पनि स्वतन्त्र घुमिरहेका छन् । आज मेरा पति नन्द प्रसाद अधिकारीको मृत्युको सातौं वार्षिकी परेको छ । मेरो छोराको हत्याको स्वतन्त्र तथा निष्पक्ष अनुसन्धान थाल्नका लागि हामीले ३३४ दिनसम्म भोक हडताल गरेको भए पनि राज्यले हामीलाई बेवास्ता गरेपछि मेरा पतिको मृत्यु हडतालका क्रममा अस्पतालमा भएको थियो । यस्तो अवस्था बेहोर्नुपरेको भए पनि म न्यायको आशा राखिरहेकी छु र शान्तिपूर्ण तरिकाले न्यायको माग गरिरहेकी छु । भोक हडताल हाम्रो रहर नभई बाध्यता थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मेरो छोराको हत्या गरिएपछि सरकारले कारवाही चलाउला र हाम्रो सत्य तथा न्यायको अधिकार सुनिश्चित गर्ला भन्ने आशाका साथ मेरा पति र मैले अनेकौं ठाउँमा पुकारा गर्‍यौं । नौ वर्षसम्म न्यायका लागि सबै कानूनी उपायहरू अपनाएको भए पनि हामीलाई न्यायबाट वञ्चित गरिएकाले मेरा पति र मैले आमरण अनशन शुरू गर्ने निर्णय लिएका थियौं । सरकारलाई दबाब दिने यो मात्र एक विकल्प बाँकी थियो । तर सत्याग्रहको ३३४औं दिनमा मेरा पतिले न्याय नपाइकन अन्तिम सास फेर्छन् र यस कठिन यात्रामा मलाई एक्लै छाडिदिन्छन् भन्ने मलाई लागेको थिएन । पतिको मृत्युपछि म छियाछिया भएँ तर आफूलाई सम्हाल्दै मैले छोरा र पतिका लागि न्यायको लडाइँ जारी राखेकी छु । 


Advertisment
Nabil box
Kumari

चितवन जिल्ला अदालतमा २०७० चैत १२ मा आरोपित व्यक्तिहरूका विरुद्ध अभियोगपत्र दायर गरिएपछि न्यायको आशा पलाएको थियो । तर प्रमाण संकलनमा समुचित प्रक्रिया तथा राजनीतिक इच्छाशक्तिको अभावका कारण आरोपितलाई कसूरदार साबित गर्न लगभग असम्भव रह्यो । मैले केही पनि गर्न सकिनँ । तर राज्य नै पीडकहरूलाई संरक्षण गर्न लागिपरेको अवस्थामा कसरी निष्पक्ष र स्वतन्त्र अनुसन्धान थाल्ने होला भनी म उपायहरू खोजिरहेकी छु । धेरै द्वन्द्वपीडितहरू यही प्रश्नको उत्तर खोजिरहेका छन् । पीडितलाई भन्दा पनि पीडकलाई संरक्षण गर्न राज्यले चासो देखाएको सन्दर्भमा पीडकलाई न्यायको दायरमा ल्याउनका लागि समुचित अनुसन्धान नगरिरहेको अवस्थामा न्यायको सम्भावना कत्तिको छ ?

Vianet communication
Laxmi Bank

यत्तिका वर्षसम्म न्यायका लागि लडिरहेको अनि बदलामा सरकारी पक्षबाट झूटा आश्वासन तथा ढिलासुस्ती मात्र पाइरहेको अवस्थामा मैले आफूमाथिको यो अन्यायलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने निर्णय लिएकी छु । त्यसैले मैले मेरा कानूनव्यवसायीहरू तथा एड्भोकेसी फोरम नेपाल (एएफ) लाई यस मुद्दाको अन्तर्राष्ट्रियकरण गर्न अनुरोध गरेकी छु । मेरा तर्फबाट संयुक्त राष्ट्रसंघको मानवअधिकार समितिसमक्ष मेरो छोराको हत्या तथा मेरा पतिको मृत्युका घटनाका विषयमा निवेदन दिने कानूनव्यवसायी तथा एएफप्रति म आभारी छु । निवेदनमा मैले नेपाल सरकारलाई देहायका सिफारिश गर्नका लागि मानवअधिकार समितिलाई आग्रह गरेकी छु ः क) स्वतन्त्र अनुसन्धान टोलीमार्फत मेरो छोराको हत्याको घटनालाई पुनः अनुसन्धान गर्न,ख) विगतमा गरेको प्रतिबद्धता कार्यान्वयन गर्न, ग) म र मेरो परिवारलाई पुनःस्थापना गर्न र घ) संक्रमणकालीन न्याय प्रक्रियालाई पारदर्शी रुपमा परिवर्तन गर्न । यस कदमले मेरो छोरा र पतिलाई न्याय दिलाउनका लागि थप सहज बनाउने आशा मैले लिएकी छु । 

छोरा र पति गुमाउनुपर्दाको पीडाले मेरो मुटु भरिएको छ र यो पीडा कहिले पनि हराउने वा कम हुने देखिँदैन । तर यस पीडासँगै ममा दह्रो अठोट पनि छ । आशाको सानो झिल्कोले मलाई न्यायप्राप्तिका लागि यी थप कदमहरू चाल्न प्रेरित गरेको छ । मेरा पतिको शव शिक्षण अस्पतालको शवगृहको बाकस नम्बर ४ मा अझै पनि छ र कुनै दिन म उहाँको अन्त्येष्टि गर्न सक्छु भन्ने आशा छ । हाम्रो छोराको हत्या गर्ने पीडकलाई अभियोजन गरेर सजाय दिएको देखेपछि पतिको अन्त्येष्टि गर्ने मेरो आशा हो । त्यो दिन छिट्टै आउनेछ भनी आशा गर्छु । 

यत्तिका वर्षसम्म मलाई साथ दिने सबैलाई म धन्यवाद दिन चाहन्छु । भविष्यमा पनि उहाँहरूबाट सहयोगका लागि अनुरोध गर्छु ।

गंगामाया अधिकारी

६ असोज २०७८

वीर अस्पताल काठमाडौं । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x